१२ श्रावण २०८१, शनिबार

‘हाटहुटे’ मान्छे हाबी भएपछि पार्टी संकटमा पर्छ : नेता नेपाल




कैलाली, २० पुस/ नेपाल कम्युनिष्ट पार्टीका बरिष्ट नेता माधवकुमार नेपालले पार्टीमा “हाटहुटे” नेता हाबी भएमा पार्टी नै संकटमा पर्ने बताएका छन्
नेता नेपालले एउटै प्रकृतिको गल्तीमा कसैलाई चोख्याउने र कसैलाई नराम्ररी फसाउन खोज्ने प्रवृत्ति बढेको बताए ।
पुष्पलाल मित्रता केन्द्र कैलालीद्वारा आइतबार धनगढीमा आयोजित “नेपाली कम्युनिष्ट आन्दोलन, संघियता र समृद्धि” विषयक अन्तक्र्रिया कार्यक्रममा बरिष्ठ नेता नेपालले पार्टीभित्र कार्यकर्तामाथि विभेद बढ्दै गएको बताए । उनले भने– उनले पार्टीभित्र आआफ्नो गुट बनाएर कार्यकर्ताहरुलाई हेप्ने, सिध्याउने प्रवृत्ति मौलाउँदै गएको छ । यस्तो प्रवृत्ति समयमै सच्चिएन भने ठूलो मुल्यचुकाउनु पर्ने छ ।
बरिष्ठ नेता नेपालले पार्टीको सचिवालय कमिटीमा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व नभएकोबारे आफूले बारम्बार आवाज उठाए पनि नेतृत्वले कुनै चासो नलिएको बताए । उनले पार्टी एकिकरण पहिले तत्कालीन एमालेका केन्द्रीय उपाध्यक्ष सबैलाई सचिवालय कमिटीमा ल्याउने पर्ने बताए । उपाध्यक्ष थपिदा महिला पनि स्वतह थपिने हुन्छ नेता नेपालले भने । तत्कालिन एमालेका उपाध्यक्षहरु थप्दा सुदूरपश्चिमबाट तत्कालिन उपाध्यक्ष तथा अहिले नेकपाका प्रदेश इन्चार्ज भीमबहादुर रावल थपिने छन । यस्तै तत्कालिन उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली पनि थपिने छन । नेता नेपालले सचिवालय १५ सदस्यीय बन्दा पनि फरक नपर्ने वताए । पार्टी नीति र विधीले चल्नुपर्छ त्यसैले तत्कालिन एमालेका एक उपमहासचिव सचिवालयमा आइसकेका छन अर्कोलाई पनि राख्नुपर्छ । अर्को उपमहासचिव भने कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुषाल हुन ।
एक फरक प्रसंगमा पूर्व प्रधानमन्त्री समेत रहेका बरिष्ठ नेता नेपालले एमसिसी नेपालको हितमाथि आघात पुग्ने र कुनै पनि सैन्य गठबन्धनमा सामेल हुने कुरा आफुहरुलाई स्विकार्य नहुने बताए । उनले भने– एमसिसी सम्रगमा नेपालको हितविपरित छ । त्यसैले यसलाई स्वीकार गर्न सकिँदैन ।
एक अर्को प्रसंगमा उनले सुदूरपश्चिम प्रदेशसंग सिमा जोडिएका अन्तर्राष्ट्रिय व्यापारिक नाकाहरु विस्तारको लागी पहल भईरहेको बताए ।


अन्तक्र्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले पार्टी नेतृत्वमा सुदूरपश्चिम प्रदेशप्रति हेपाहा मानसिकता रहेको आरोप लगाए ।
मन्त्री शाहले हरेक राजनीतिक आन्दोलनमा सुदूरपश्चिमको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । उनले नेकपाको सचिवालय कमिटीमा सुदूरपश्चिम प्रदेशबाट एकजना पनि नपर्नु बिडम्बना भएको बताए ।
उनले केन्द्र सरकारले संघियताको मर्मलाई आत्मसात गर्न नसकेको बताए । मन्त्री शाहले भने– संघीय सरकारले सबै अधिकारहरु सकेसम्म आफूमै निहित गर्ने प्रयास गरिरहेको छ । यसले संघियता नै संकटमा पर्ने खतरा बढेको छ ।
मन्त्री शाहले संघीय सरकारले प्रदेश प्रहरीलाई कुनै अधिकार नदिएर हात बाँधेर राख्न खोजेको आरोप लगाए । उनको टिप्पणी छ– अझै पनि सुदूरपश्चिम प्रदेशका जनताले अधिकारको लागि भिख माग्नुपर्ने अवस्था छ ।

कार्यक्रम मित्रता केन्द्रका अध्यक्ष कर्णप्रसाद जैशीको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पुष्पलाल मेलमिलाप केन्द्रका सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले पार्टी एक वनाउन कानूनीरुपमा दर्ता गरेर मेलमिलाप केन्द्र गठन भएको जानकारी दिइन । उनले फरक प्रसंगमा वोल्दै माधवकुमार नेपाल जस्तो कुटिल र जिम्मेवार नेताका कारण मात्रै दुई कम्यूनिष्ट पार्टी एकता भएको चर्चा गरिन । उनले भनिन उहाँ आफै लखनउ, सिलगुढी र दिल्ली मात्रै जानु भएन वामदेव गौतमलाई रोल्पा पठाउनुभयो ।
सो अवसरमा वोल्दै संविधान सभा सदस्य हरि श्रीपाइलीले पुष्पलालले २००६ सालमा उठाएको परिवर्तनको झण्डाले अहिले सार्थकता पाएको चर्चा गरे ।
पुष्पलाल मेलमिलाप केन्द्रका अर्का केन्द्रीय सदस्य परमानन्द भट्टले गुटवन्दी गर्न होइन पार्टी काममा सहयोग पुगाउन केन्द्रको गठन गरिएको बताए ।
कार्यक्रममा स्वागत भाषण गर्दे केन्द्रका जिल्ला सदस्य लोकेन्द्र शाहीले सुदूरपश्चिममा माधव नेपालसँग नजिक छ भन्दै नेता, कार्यकर्तालाई पेल्ने गरिएको वताए । उनले भने धेरै अनैतिक गतिविधी सार्वजनिक हुँदा पनि गुटकै कारण केही नेतालाई जोगाइएकोमा विरोध गरे । पार्टीको न्याय सबैलाई समान हुनपर्छ उनको भनाइ थियो । कार्यक्रम सञ्चालन मित्रता केन्द्रका सचिव दिर्घ जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार