११ पुष २०८१, बिहीबार

लाइन्स क्लवद्वारा पर्यटकको स्वागत



धनगढी/ लायन्स क्लव अफ धनगढी ग्रिन सिटिले त्रिनगर भन्सार नाकामा भारतिय पर्यटकहरुलाई स्वागत गरेको छ ।
नेपाल भ्रमणका लागि आएका लायन्स क्लव आफ लखिमपुर खिरीका पदाधिकारी, सदस्यहरुलाई कैलाली भन्सार नाकामा स्वागत गरिएको थियो ।
धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्ट, लायन्स क्लव अफ धनगढी ग्रिन सिटिका पदाधिकारी, कैलाली उद्योग बाणिज्य सघका पदाधिकारी लगायतले भारतीय पर्यटकलाई नेपाली ढाका टोपी लगाएर स्वागत गरे ।
भारतीय पर्यटकहरुलाई डडेल्धुराको पर्शुराम धाम तथा हिमपातको अवलोकन गराइने लायन्स क्लव ग्रिन सिटिका अध्यक्ष गोविन्द खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार