२० बैशाख २०८१, बिहीबार

गोदावरीमा दर्शन मकर मेला हुने



कैलालीको गोदावरी धाममा यस वर्ष पनि मेला लाग्ने भएको छ । गोदावरीमा यस वर्ष पनि माघे संक्रान्तिमा बाह्र राशि दर्शन मकर मेला आयोजना हुने जनाइएको छ । मेला पुस २९ गतेदेखिद शुरु हुने छ ।
गोदावरीधाम विकास समितिले शुक्रबार गरेको पत्रकार सम्मेलनमा मेलामा बाह्र राशि, नव ग्रह र २७ नक्षत्र स्थापना गरी धार्मिक अनुष्ठान सञ्चालन गरिने समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।
अध्यक्ष जोशीले मेलामा प्रत्येकले आफनो राशि र नक्षत्रको दर्शन, पूजा गर्नुका साथै ग्रह गोचरको कुप्रभावबाट स्वस्थ रहन ग्रह पुजन, जप, लक्ष्य होम, तर्पण, लगायतका पुजाआजा गर्न पाउनेछन् ,।
गोदावरीमा हरेक १२ वर्षमा कुम्भ मेला, छ वर्षमा अर्ध कुम्भ र हरेक वर्ष मकर मेला लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार