३ जेष्ठ २०८१, बिहीबार

बर्षासँगै सुदूर पश्चिमका पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात



मौसममा बद्ली भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा फेरि हिमपात भएको छ । सुदूरका पहाडी जिल्ला डडेल्धुला, बैतडी, बाजुरा, अछाम, बझाङ र दार्चुलाका हिमाली क्षेत्रमा हिमपात भएको हो । बिहीबार रातिदेखि मौसममा आएको परिवर्तनसँगै उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । रातिदेखि सुरु भएको वर्षाका कारण चिसो बढ्दै गएपछि परेको हिमपातले सुदूपहाडको जनजीवन प्रभावित भएको हो । डडेल्धुरासँगै सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरू बाजुरा, बैतडी, दार्चुला, अछाम, बझाङ र डोटीका विभिन्न पहाडी क्षेत्रमा सोमबार रातीदेखि भारी हिमपात भइरहेको छ । बाजुराको बिच्छ्या, रुगिन, जकोट, मानाको, कैलाशमाडौं छतारा, पाण्डुसैन, दहकोट, आटीचौरलगायत दर्जनभन्दा बढी स्थानमा भारी हिमपात भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । हिमाली गाउँपालिकाको साबिकको बिच्छ्यामा सबैभन्दा बढी हिमपात भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । यसैगरी अर्को हिमाली जिल्ला बझाङको साइफाल, सुर्मा, छ बीसपाथीभेरा, खप्तड छाना गाउँपालिका, बुंगल नगरपालिकाका विभिन्न स्थानमा हिमपातले असर परेको छ । मंगलबार दिनभर भारी हिमपात भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । दार्चुला जिल्लाका उच्च हिमाली तथा पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । बैतडीको खोडपे, गोठलापानी, सतबाझलगायतका बजार क्षेत्रमा समेत हिमपात भएको छ । अत्यधिक चिसोका कारण घरबाहिर निस्कनसमेत समस्या भएको स्थानीयवासी बताउँछन् ।

राजमार्ग अबरुद्ध

पश्चिमी वायुका कारण गएरातिदेखि डडेल्धुरामा निरन्तर बर्षा भइरहेको छ । निरन्तरको बर्षासँगै परेको हिमपातका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

भिमदत्त राजमार्ग अन्र्तगत साहुखर्क र हगुल्टेलेकमा एक फिट जति हिउँ जमेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अहिले पनि ति स्थानहरुमा हिमपात भईरहेको छ ।

हिमपातका कारण डडेल्धुराको भिमदत्त राजमार्ग र दशरथचन्द राजमार्ग अवरुद्ध भएका छन् । दशरथ चन्द राजमार्गको अनार खोलीमा पनि भारी हिमपात भएको छ । #शिलापत्र

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार