२३ बैशाख २०८१, आईतवार

कर्णालीमा जिप खस्यो, ४ जनाको शब भेटीयो



बाजुरा/ बाजुराको हिमाली गाँउपालिका ७ बाधुको कालापडा भिर बाट कर्णाली नदिमा खसेको जिपमा ४ जनाको शब भेटिएको छ ।
चार जना मध्ये तिन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा जगन्नाथ गाँउपालिका ५ गोत्रि बस्ने गाडि साहु तथा चालक २७ बर्षका रमेश शाहि, हिमाली गाँउपालिका ६ धुलाचौर बस्ने ३५ बर्षका पवन भण्डारी, कैलाली महोन्याल गाँउपालिका ५ बस्ने ३३ बर्षका दिनेश कुमार घर्ती मगर रहेका छन्, एकजनाको पहिचान नभएको प्रहरी प्रमुख उद्धबसिं भाटले वताएका छन् । स्वामीकार्तिक गाँउपालिका ४ वाइ बस्ने १३ बर्षकि शुशिला बिक भने बेपत्ता रहेकि छन् । उनको शब खोजिरहेको प्रहरीले जनाएको छ । घाइते चार जनाको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा मुगुको कर्मारोड गाँउपालिका ८ बस्ने २० बर्षका गोम्चो लामा, सोही ठाँउका २१ बर्षका तोर्च लामा, बुढिन्नदा ६ बस्ने २२ बर्षकि सरु विक र उनकी २ बर्षकि छोरी रहेकि छन् । तोर्च र सरुको अबस्था निकै गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि कोहलपुर लिनका लागि हेलिकेप्टरको कुरा भइरहेको स्वामीकार्तिक गाँउपालिका अध्यक्ष चिरिञ्जबि शाहिले वताएका छन् । खराब मौसम भएकाले हेलिकप्टर उडन नसकेको उनले वताए ।
से १ ज १०६४ नम्बरको जिव दुर्घटना भएर कर्णाली नदिमा खसेको थियो । जिप हिमाली गाँउपालिकाको धुलाचौर बाट कोल्टि तर्फ आउदै गरेको थियो । प्रहरीका अनुसार ९ जना जति यात्रु रहेको खुल्न आएको बताएको छ । सडक बाट ५ सय मिटर भिर बाट नदिमा खसेकोे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार