३१ जेष्ठ २०८३, आइतबार

प्रादेशिक क्रिकेट संघ कार्यालय उद्घाटन



धनगढी/ सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सम्पर्क कार्यालयको बुधबार धनगढीमा उद्घाटन गरिएको छ । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले कार्यालयको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा क्रिकेट संघका प्रदेश अध्यक्ष हरि रेग्मी, नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य बिक्रम विष्ट, क्रिकेट संघ प्रदेश समितिका कोषाध्यक्ष दिनेश सिंह, धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही, लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार