६ जेष्ठ २०८१, आईतवार

त्रिनगर भन्सार नाकामा पर्यटकको स्वागत



धनगढी/ नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन धनगढी त्रिनगरनाका भए्र नेपाल आएका भारतीय पर्यटकहरूको स्वागत गरिएको छ ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टले भारतीय पर्यटकहरूलाई टोपी, खादा र टीका लगाएर स्वागत गरे ।
पहिलो दिन बिहान भारतीय पर्यटक त्रिनगर नाका हुदै नेपाल भित्रिएका थिए । कार्यक्रममा भारतीय सिमा सुरक्षा बलका प्रमुख, निकुञ्ज प्रमुख, भन्सार कार्यालयका प्रतिनिधिहरूलाई पनि स्वागत गरिएको थियो ।
धनगढी उपमहानगरपालिका उपप्रमुख भट्टले बुधवार बिहानैदेखि पर्यटकहरूलाई स्वागत गरिएको बताईन ।
त्यसैगरी धनगढी उपमहानगरपालिकाले भ्रमण वर्ष २०२० का अवसरमा भन्सार नाकाबाट पर्यटकका लागि निःशुल्क बस सेवा संचालन गरेको छ । बस सेवा त्रिनगर भन्सार नाकाबाट बेहडाबावा, थारु होमस्टे गाउ घुमेर पुनः त्रिनगर भन्सारसम्म संचालन गरिएको छ ।
बस सेवा पांच दिनसम्म चल्ने बताईएको छ । त्यसैगरी पर्यटकहरू भित्रने, ओर्लिने तथा सवारी चढ्ने ठाउमा फ्रि वाईफाईको ब्यबस्था गरेको छ । नेपाल भारत नाकामा पर्यटक यहायता कक्ष संचालन गरिएको छ । नेपाल भित्रीने पर्यटकहरूलाई चिया तथा कफी खुवाउने, ब्यबस्था पनि गरिएको छ ।
त्यसैगरी उप–महानगरपालिकाले धनगढीका पर्यटकिय स्थलहरू, त्यहाको दुरी, त्यहाका बिशेषता, पर्यटकिय गतिविधी र महत्वहरूलाई राख्ने गरी सोसल मिडियामा पेज बनाउने, काम गरेको छ ।
भ्रमण बर्ष २०२० को सन्देश दिनेगरी साईलक यात्रा गर्ने लगायतका कार्यक्रमहरू समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार