२३ बैशाख २०८१, आईतवार

मिडियालाई सुविधा दिन सातै प्रदेशमा एकीकृत कार्यालय स्थापना गरिने : सञ्चारमन्त्री बास्कोटा



धनगढी, १७ पुस/ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सात वटै प्रदेशमा एकीकृत कार्यालय स्थापना गरी सञ्चार क्षेत्रलाई दिने सम्पूर्ण सेवा सुविधाहरुले दिइने बताएका छन् ।
नेपाल पत्रकार महासंघ कैलालीको भवन उद्घाटन बिहिबार धनगढीमा मन्त्री बास्कोटाले प्रेस काउन्सिल, सूचना तथा केन्द्र लगायतले दिने सेवा सुविधाहरु दिनका लागि मन्त्रालयले सातै प्रदेशमा कार्यालय स्थापना गर्ने तयारी गरेको बताएका हुन् । उनले यसले गर्दा पत्रकारहरुलाई साना साना कामका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य हुने बताए ।
मन्त्री बास्कोटाले पत्रकारहरुले कसैप्रति आश्रित नहुने र आफ्नै सञ्चार माध्यमप्रति आश्रित हुने गरी स्वतन्त्र, सबल, बलसाली बनाउन आफू र आफ्नो टीम लागि परेको समेत बताए । उनले कहिले काही पत्रकारहरुलाई हातमा भइकोे कलम तरवाल चलाएको जस्तो गर्नाले समस्या हुने गरेको बताउँदै सञ्चार क्षेत्रले चिनेका नेताको दवाव गराउन नपर्ने गरी कानुन बनाइरहेको समते बताए । मिडियाले जे देख्छ, फ्याक्ट चेक गरेर लेख्छ, त्यसबेला मात्रै मिडिया स्वतन्त्र हुने बताए ।

अब बन्ने समानुपातिक विज्ञापन नीतिले विज्ञापनका लागि मिडियालाई सामानुपातिक रुपमा विज्ञापन वितरण गर्ने मन्त्री बास्कोटाले बताए । उनले दोहोरो सुविधा दिन नमिल्ने भएकाले लोककल्याणकारी विज्ञापन भने कटौती हुने बताए ।
कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेशका पत्रकारलाई वित्तीय स्रोतको कम हुन नदिने बताए । उनले संघीय सरकारले यसक्षेत्रका मिडियाका लागि वार्षिक दुई करोड रुपैयाँ दिनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए । महासंघका जिल्ला अध्यक्ष जगत साउँदको अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य महासंघका जिल्ला उपाध्यक्ष टंक कुँवरले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन जिल्ला सचिव मिन ठकुरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार