६ जेष्ठ २०८१, आईतवार

होमस्टे महोत्सव शुरु



धनगढी/ नेपाल भ्रमण वर्ष २०२० शुरु भएसंगै भादा थारु होम स्टेको आयोजनामा बुधबारदेखि होमस्टे महोत्सव शुरु भएको छ ।
भ्रमण वर्षको अवधिमा २५ हजार पर्यटक भित्र्याउने लक्षसहित भादा थारु होम स्टे पर्यटन व्यवस्थापन समितिको आयोजनामा धनगढी उपमहानगरपालिका वडा नम्बर १६, भादामा महोत्सव शुरु भएको छ । महोत्सवको एक समारोहबीच धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे ।
“संरक्षण सम्बद्र्धनके लाग सक्कु जाने करि काम, संस्कृति भेषभुषा राखी हमार पहिचान’ भन्ने नाराका साथ शुरु भएको “थारु होमस्टे गाउँ भादा महोत्सव २०७६’ मा निःशुल्क प्रवेशको व्यवस्थाका साथै खानपानहरू छानेर खान सकिने व्यवस्था गरिएको छ । महोत्सवमा सबै प्रकारका थारु नाचगान प्रस्तुति तथा थारु कलाकारहरूको प्रस्तुती हुने समितका अध्यक्ष लक्ष्मीनारायण चौधरीले जानकारी दिए ।
उनले होमस्टे प्रचारप्रसार गर्ने र पर्यटकहरूलाई थारु होमस्टेमा आकर्षित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार