३१ बैशाख २०८१, सोमबार

पर्यटन राज्यमन्त्रीद्वारा पदबाट राजिनामा



धनगढी । उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले नैतिकताको आधारमा राज्यमन्त्री पदबाट राजिनामा दिएका छन् ।


राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजिनामा बुझाएका हुन् । उनले एक प्रेस विज्ञप्ति जारी गरी कञ्चनपुरको एक क्याम्पसको शेयर विक्रीमा संलग्नताको आरोप लागेपछि नैतिकताका आधारमा राजिनामा दिएको बताएका छन् ।
‘क्याम्पसको शेयर विक्रीमा मेरो कुनै संलग्नता नरहेको विषयमा झुठा उजुरी दिंदा प्रहरीको अनुसन्धानमा म उपर कही कतै आरोप नहुँदा नहुँदै पनि जवरजस्ती मुद्दा सृजना गर्ने प्रयास केही व्यक्तिहरुले गरेको छन्,’ राज्यमन्त्री रावलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘परिश्रम गरी राजनीति र व्यवसायलाई स्वच्छ एवम् पारदर्शी बनाउनु पर्छ, तथा देश र जनताको सेवा गर्नका लागि जनताको विश्वास जित्नुपर्छ भन्ने मेरो मान्याता छ । त्यही मान्यतामा उभिदै ममाथि लगाउन खोजिएका आरोप तथा लाल्छनाको निश्पक्ष र तथ्ययुक्त छानविन होस् र त्यस्तो पुर्वाग्रहरी वस्तुपरक छानविनमा मेरो पुर्ण सहयोग रहने छ । उनले विज्ञप्तिमा भनेका छन् । त्यस्तो छानविन गर्न र न्याय स्थापित होस भन्ने मान्यताले आफूले उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीबाट राजिनामा गरेको बताएका छन् ।

Image may contain: text

उनले विज्ञप्तिमा आफूले दुई दशकदेखि व्यवसाय सञ्चालन गर्दै आएको भएपनि भ्रम सृजना गर्न हठाट सम्पत्ति सुद्धिकरणको दायरामा तान्ने प्रयास भएको सुन्दा आश्चर्यमा परेको पनि उल्लेख गरेका छन् ।

रावलले ११ महिना अगाडि २०७५ असोज २३ गते प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका थिए । रावल कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार