६ जेष्ठ २०८१, आईतवार

प्लाष्टिकरहित धनगढी अभियान शुरु



धनगढी । धनगढी उपमहानगरपालिकाले प्लाष्टिक रहित नगर अभियान शुरु गरेको छ । यस क्रममा शुक्रबार उपमहानगरपालिकाका पदाधिकारी, कर्मचारी, रेडक्रसकर्मी लगायतले त्रिनगर हाटबजारका व्यापारी तथा ग्राहकहरूलाई अभियान बारे जानकारी गराएका छन् ।


धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट, वातावरण शाखाका कर्मचारी, नेपाल रेडक्रस सोसाईटी कैलालीका प्रतिनिधी, लगायतले प्लाष्टिकरहित धनगढी नगर अभियानबारे जानकारी गराएका थिए ।

सो अवसरमा नगर प्रमुख वडले उपमहानगरपालिका एक्लैको प्रयासबाट यो अभियान सफल हुननसक्ने भएकाले व्यापारी, उपभोक्ता सहित सम्पूर्ण नगरबासीको सहयोगका लागि आग्रह गरे ।
उनले भने– तरकारी तथा अन्य सामग्री खरिद वा बिक्रीमा प्लाष्टिकका थैलाको साटो कपडाको झोलाको प्रयोग बढाउनु प¥यो । उपमहानगरपालिका स्वयंले ने कपडाको झोला उपलब्ध गराउने छ ।
उपप्रमुख भट्टले अभियान सफल बनाउन व्यापक प्रचारप्रसार गरिने बताइन् । उपमहानगरपालिकाको वातावरण शाखा प्रमुख अशोक अवस्थीले प्लाष्टिकरहित नगर अभियानको प्रचारप्रसार, कपडाको झोला वितरण तथा प्रयोगका लागि अनुरोध गरिने र त्यसपछि पनि प्लाष्टिकको थैला प्रयोग गर्ने व्यक्तिलाई कारबाही गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार