२३ बैशाख २०८१, आईतवार

धनगढी बम काण्ड : अस्पतालबाट डिस्चार्ज लगत्तै पक्राउ



धनगढी । धनगढी बम बिस्फोटमा परी घाइते भएका विप्लव नेतृत्वको माओवादीका एक जनालाई अस्पतालले डिस्चार्ज गरे लगत्तै प्रहरीले पक्राउ गरेको छ ।
साउन २ गते धनगढीको सहीदगेट नजिक रहेको निलम होटलमा आफैंले बोकेको बम बिस्फोट हुँदा विप्लव नेतृत्वमा ओवादीका एक जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । सो बम विस्फोटमा परी होटल मालिक सहित तीन जना सर्बसाधरण पनि घाइते भएका थिए ।


बम विस्फोटमा घाइते भएका कञ्चनपुरको बेलडाँडीका लक्ष्मण सेरलाको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको थियो । मंगलबार अस्पतालले डिस्चार्ज गरेपछि सेरला घर जाने तरखरमा थिए तर वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ ।
सेरलाको प्रहरीको निगरानीमै उपचार भइरहेको थियो । सेरला सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएकोले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सेरला तत्कालिन माओवादीका लडाकु हुन् भने उनले सेना समायोजनका बेला स्वेच्छिक अवकास रोजेका थिए ।
होटलमा चिया खाइरहेको बेलाआफैंले बोकेको टिफीन बक्स बम विस्फोट हुँदा सेरलासँगै रहेका बझाङ जिल्लाको जयपृथ्वीनगरपालिका–१,का रामबहादुर सिंहको मृत्यु भएको थियो । सिंह पनि विप्लव नेतृत्वमा ओवादीका कार्यकर्ता हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार