७ बैशाख २०८१, शुक्रबार

संगीत महोत्सव हुने



धनगढी । सुदूरपश्चिमको धनगढीमा राष्ट्रिय संगित महोत्सव २०७६ हुने भएको छ । नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा भोली (शुक्रबार) र शनिबार दुई सो महोत्सव हुने बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
सो महोत्सव दुई चरणमा गरिने आयोजक समितिका संयोजक अशोक राइले जानकारी दिए । उनले पहिलो दिन शुक्रबार संगित प्रस्तुति गरिने र शनिबारका दिन सुदूरपश्चिममा संगित क्षेत्रको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गरिने जानकारी दिए ।
उनले संगित प्रस्तुतिकरणमा १४ जनाको सहभागिता रहने जानकारी दिए । उनले व्यवसायिक गितभन्दा पृथक गितलाई महोत्सवमा समावेश गरिएको बताए । उनका अनुसार देशभक्ती, महिला हिंसा, वैदेशिक रोजगार, जातिय विभेद लगायतका बारेमा समेटिएको शब्दका गितलाई महोत्सवमा प्रस्तुत गरिने छ ।
महोत्सवमा गायक जीवन शर्मा, लोचन भट्टराई, ध्वजबहादुर महरा लगायतको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार