१२ बैशाख २०८२, शुक्रबार

बेसहारा बनेकी लक्ष्मीका लागि सहयोगी हातहरू



धनराज बिक/लम्की । घरबाट निकालिएर बेसहारा बनेकी कैलालीको लम्कीचुहा नगरपालिकाकी एचआइभी संक्रमित लक्ष्मीका लागि सहयोगी हातहरू अगाडी सरेका छन् ।

एचआइभी संक्रमित २२ वर्षीया लक्ष्मीलाई गत २२ गते उनका आफन्तले घरबाट निकालेपछि बेसहारा बनेकी थिइन् । दुई नाबालक छोराछोरीसहित घरबाट निकालिएकी लक्ष्मीबारे समाचार प्रकाशित भएपछि गोरेटो नेपाल लम्की र लम्कीचुहा नगरपालिका वडा नम्वर ८ को कार्यालय सहयोगका लागि अग्रसर भएका छन् ।
गत वर्ष एचआइभी एड्सका कारण श्रीमान गुमाएकी लक्ष्मीलाई उनका अढाई वर्षीय र डेढ वर्षीया छोरा र छोरीसहित घरबाट निकालिएको समाचार सार्वजनिक भएपछि एचआईभी संक्रमितका लागि काम गर्दै आएको गोरेटो नेपाल, लम्कीले शुक्रबार उनीसंग भेट गरेको संस्थाका अध्यक्ष धनप्रसाद जैशीले बताए । वैशाख २२ गते आफन्तको घरबाट निकालिएपछि अलपत्र परेकी लक्ष्मी अहिले बचैलाका नरेन्द शाहीको घरमा आश्रय लिइरहेकी छिन् ।
लक्ष्मीको अवस्थाबारे जानकारी लिन शुक्रबार दिउसो बचैलामा पुग्दा उनी एक जीर्ण घरमा भेटिइन । उनका नाबालग छोरा र छोरी भुईंमा सुतिरहेका थिए । कोठा भित्रबाट खुला आकाश देख्न सकिन्थ्यो । हामी पुगेको केही बेरपछि छोराछोरी विउझिए र रुन थाले । लक्ष्मीले भनिन्– आमाको दुध खुवाउन मिल्दैन । बच्चाले दुध खान खोज्छ । बिहानको बचेको बासी भात खान दिन्छु ।
गोरेटो नेपालका अध्यक्ष जैशीले उनका लागि खाद्यान्न, खाट, पिउने पानी, घर छाउने कर्कटपाता र झुलको व्यवस्था गर्ने बताए । गोरेटो नेपालका सचिव सरिता बोहराले अरुसंग सहयोग संकलन गरेर लक्ष्मीलाई प्रदान गरिने बताईन् ।
त्यस्तै, लम्कीचुहा नगरपालिका वडा नम्वर ८ का वडा सदस्य जयप्रसाद देवकोटाले लक्ष्मीलाई वडा कार्यालयले सहयोग गर्ने जानकारी दिए ।
लक्ष्मीलाई बैशाख २१ गते नियमित स्वास्थ्य चेकजा“च गरी टीकापुरबाट सा“झ घर आइपुग्दा उनकी देउरानीले घर खाली गर्न भनेको र २२ गते बिहान घरबाट निकालेको उनले बताइन् ।

लक्ष्मीको २०७१ सालमा मागी विहे भएको थियो । उनका श्रीमानको कालिकोटको सान्नीत्रिवेणी गाउ“पालिकामा बसोबास थियो । उनको श्रीमानको एचआइभी संक्रमणका कारण २०७५ साल कार्तिकमा निधन भयो । त्यतिन्जेलसम्म लक्ष्मीलाई आफ्ना श्रीमान एचआइभी संक्रमित भएको थाह थिएन । “रोगलाई लुकाएर बसेका उहा“को निधन हुनु एक दिनअघि मात्रै एचआइभी संक्रमण रहेको थाह पाए” उनले भनिन्– मेरो विहे भएको केही वर्षपछि कान्छी सासुको मृत्यु भयो । त्यसको केही वर्षपछि श्रीमानको पनि मृत्यु भएपछि घर (कालीकोट) बस्न गाह्रो भयो । अनि म गत वर्ष मंसिरमा दुई वर्षको छोरा र डेढ वर्षकी छोरी बोकेर कैलालीमा रहेको परिवारसंग बस्न थाले ।
कैलाली आएपछि लक्ष्मीले नियमित रुपमा एचआईभी रोगको औषधी सेवन गर्दै आएकी छिन् । आफूलाई एचआइभी संक्रमण भएको थाह पाएपछि छरछिमेकले नराम्रो व्यवहार गर्न थालेको उनले सुनाइन् । २२ गते घरबाट निकाला गरिएपछि सडकमा अलपत्र परेकी लक्ष्मीलाई एचआईभी संक्रमित केही महिलाले उनको सरसामान आफ्नो घरमा राख्न दिए । लक्ष्मीले छोरा र छोरीलाई त्यही छोडेर वडा कार्यालयलाई गुहार्न पुगिन् । उनकी देउरानीले भने आफूले लक्ष्मीलाई घरबाट ननिकालेको दाबी गरिन् । भन्छिन्– मैले घरबाट निकालेको होइन, मेरी छोरीसंग झगडा गरेर आफै घरबाट हिडेकी हुन ।
लक्ष्मीका माइती लम्कीचुहा नगरपालिकाको कौवापुरमा बस्छन् । तर उनका माइतीले पनि उनलाई “त माईत नआउनु, हाम्रा लागि त मरिस्” भनेको उनले बताइन् ।
उनको १८ वर्षको उमेरमा विहे भएको थियो । कलिलो उमेरमा श्रीमान गुमाएको तथा एचआइभी संक्रमणको पीडा समेत भोग्नु परेपछि उनले छोराछोरीसहित आत्महत्या गर्ने सोच बनाएको बताइन् । “नगरपालिकाको एउटा कार्यक्रममा एक जना मनोसामाजिक परामर्शकर्तासंग भेट भएपछि र उनले सम्झाएपछि मर्ने सोच छोडे” उनले सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार