१० श्रावण २०८१, बिहीबार

पत्रकारमाथि कुटपिटको निन्दा



धनगढी । त्रिनगर माध्यमिक विद्यालयको सटर भाडाको विषयमा समाचार संकलन गर्ने क्रममा पत्रकारमाथि कुटपिट भएको घटनाप्रति पत्रकार महासंघले ध्यानाकर्षण भएको छ ।

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति र जिल्ला शाखा कैलालीले छुट्टा छुट्टै प्रेस विज्ञप्ति जारी गरेर दिनेश एफएमका संवाददाता जनक विष्टमाथि त्रिनगर परिसरका व्यापारी तेजेन्द्र थापाले कुटपिट गरेको विषयमा ध्यानाकर्षण भएको जनाएका हुन् । आइतबार दिउँसो पत्रकार विष्टलाई व्यापारी थापाले गालीगलौच गर्दै त्रिनगर माविको कार्यालयमै सांघातिक आक्रमण गरेको महासंघले जनाएको छ ।
पत्रकार वा समाचारका विषयमा चित्त नबुझे कानुनी उपचारको बाटो हुँदाहुँदै पनि पत्रकारलाई कुटपिट गरेको घटनाको पत्रकार महासंघले घोर निन्दा र भत्र्सना गरेको छ । जनतालाई सूसुचित गर्ने जिम्मेवारी पूरा गर्ने क्रममा पत्रकार विष्टमाथि विद्यालय परिसरमा व्यापारी थापाले कुटपिट गरेको घटनालाई महासंघले आमपत्रकार र प्रेस स्वतन्त्रतामाथिको हमला भएको ठहर गरेको छ ।

स्वतन्त्र रुपमा समाचार संकलन गर्न पाउने कानुनी अधिकारलाई कुण्ठित पार्ने गरी सार्बजनिक स्थानमा पत्रकारमाथि कुटपिट गरिएको घटनामा संलग्न थापामाथि कारबाहीका लागि महासंघले स्थानीय प्रहरी प्रशासनसँग माग गरेको छ । पत्रकारलाई गालीगलौच, धम्की, कुटपिट गर्ने कार्य नगर्न, नगराउन सरोकारवाला सबैलाई महासंघले सचेत गराएको छ ।

पत्रकार महासंघ प्रदेश समितिका महासचिव याेगेश रावल र पत्रकार महासंघ कैलालीका सचिव मिन ठकुरीले अाइतबार प्रेस विज्ञप्ति जारी गरेर घटनाको निन्दा गरेका हुन् । यसैगरी, नेपाल प्रेस कैलालीका अध्यक्ष श्रवण देउवाले पनि विज्ञप्ति जारी गरेर घटनाकाे विराेध जनाएकाे छ ।

व्यापारी थापाकाे अाक्रमणबाट घाइते विष्ट सेती अञ्चल अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार