४ जेष्ठ २०८१, शुक्रबार

डेढ सय बढिको निःशुल्क दन्त परिक्षण



टीकापुर । कैलालीको टीकापुरमा एक सय ७० जनाको निशुल्क दन्त परिक्षण गरिएको छ ।


जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरको आयोजना तथा एभरेष्ट डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा बिहिबार परीक्षणका साथै औषधि, दन्त मञ्जन तथा बु्रस वितरण गरिएको हो । टीकापुर नगरपालिका वडा नं. २ स्थित विजयनगर शहरी स्वास्थ्य केन्द्रमा आयोजना गरिएको सो शिविरमा दन्त मञ्जन तथा बु्रसको लागि टीकापुर नगरपालिका वडा नं. २ ले सहयोग गरेको थियो ।
जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बद्रिप्रसाद भट्राईको सभापतित्वमा भएको शिविर उद्घाटन कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष प्रकाश बहादुर बुढाथोकी प्रमुख अतिथि थिए भने डेन्टल सर्जन डा. पवित्रा विष्ट बोगटी विशिष्ट अतिथि थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार