१० श्रावण २०८१, बिहीबार

डडेल्धुरामा बस दुर्घटना, २६ जना घाईते, एक गम्भीर



डडेल्धुरा । अमरगढी नगरपालिका–११ धनगाड नजिकमा बस दुर्घटना हुदाँ २६ जना घाइते भएका छन् । भने एक जना गम्भीर घाईते छन् ।

धनगढीबाट अछामका लागी छुटेको ना ४ ख ६८३६ नम्बरको बस केआईसिह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा राति करिब २ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

बस ब्रेक फेल भएर सडकमै पल्टेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले युनिटी खबरलाई जानकारी दिएका छन् ।

घाईतेहरुको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार हुदै गरेकोघाईते २४ जनाको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ भने गम्भीर घाईते एक जनालाई धनगढी रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।

दुर्घटना घाईतेहरु अधिंकाश अछामका रहेको बुझिए भएपनि अहिले सम्म घाईतेहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ ।बसमा ४५ जना भन्दाबढी सवार रहेका बताईएको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार