१० श्रावण २०८१, बिहीबार

सिकलसेल उपचार नीतिमा सुधारका लागि ज्ञापन



धनगढी । थारु समुदायमा देखिने सिकलसेल एनिमिया रोगको उपचारका लागि बनेको नीतिमा सुधारको माग गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीलाई सोमबार ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनमा सरकारले थारू समुदायमा देखिने सिकलसेलका बिरामीलाई एक लाख रुपैयासम्म निःशुल्क उपचारको व्यवस्था गरेको भए पनि अपुग भइरहेको उल्लेख छ ।
सेती अञ्चल अस्पतालमा सिकलसेल एनिमियाका दुई सय २३ महिलासहित चार सय ९५ बिरामीको उपचार भएको तथ्यांक रहेको छ । भने घोडाघोडी अस्पतालमा दुई दुई सय २० जनाले उपचार सेवा लिइरहेका छन् ।
ज्ञापनपत्र लिदै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रदेश सरकारले सिकलसेल एनिमियाको उपचारमा चालू आर्थिक वर्षका लागि छुट्याएको एक लाख ५० हजार रुपैया कैलालीको सेती अञ्चल अस्पताल, टीकापुर अस्पताल र महाकाली अञ्चल अस्पताललाई ५० हजार रुपैयाका दरले प्रदान गरिएको बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा बजेट थप गरिने प्रतिवद्धता व्यक्त गरे ।
एफएमडिसीका कार्यकारी निर्देशक उमिदप्रसाद बागचन्द, गैरसरकारी संस्था महासंघ, सुदूरपश्चिम प्रदेश अध्यक्ष देबी खनाल, बागेश्वरी असल शासन क्लव, कैलालीका अध्यक्ष पाण्डव पुजारा लगायतले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार