१० श्रावण २०८१, बिहीबार

प्रदेश सभा बैठकः सासंदहरूद्वारा समसामयिक विषयमा ध्यानाकर्षण



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सोमबारको बैठकमा प्रदेश सासंदहरूले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेश सभा बैठकको विशेष समयमा भाग लिदै सत्तापक्ष नेकपाका संसदीय दलका सचेतक अक्कल बहादुर रावलले संघीय सरकारले अझैं पनि केन्द्रीकृत मानसिकताका साथ कामबारबाही गरिरहेकोले प्रदेश शासन सञ्चालनमा कठिनाई कायम रहेको चर्चा गरे । उनले संघीय सरकारले अझैं पनि कर्मचारी समायोजनमा केन्द्रीकृत मानसिकता त्याग्न नसकेको बताए ।
बैठकमा भाग लिदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले प्रदेशका विभिन्न स्थानमा असिनाबृष्टिका कारण हिउदे बालीमा व्यापक नोक्सानी भएकोप्रति गम्भीर हुदै सरकारले तत्काल पीडित किसानलाई राहत उपलब्ध गराउन माग गरे ।
बैठकमा नेकपाका सासंद पूर्णा जोशी र चुनकुमारी चौधरीले पनि धारणा व्यक्त गरेका थिए ।
प्रदेश सभाको सोमबारको बैठकमा प्रदेश लोकमार्ग विधेयक, २०७५ लाई दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाउने प्रस्ताव पारित भएको छ । बैठकमा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले सो विधेयक विषयगत समितिमा पठाइयोस् भन्ने प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार