१० श्रावण २०८१, बिहीबार

बोराडाँडी विजयी



धनगढी । कृषि बहुउदेश्यीय सहकारी संस्था कैलाली गाउँ वडा नं. १३ ले तीन दिनसम्म सञ्चालन गरेको क्रिकेट प्रतियोगितामा टीम बोराडाँडीले तीन विकेटले विजयी भएको छ ।
नयाँ वर्षको पुर्बसन्ध्यामा संस्थाले गरेको सो प्रतियोगितामा टीम बोराडाँडीले आयोजक टीम साईनिङ स्टार विष्णु टोललाई हराउँदै विजयी भएको हो ।विजयी टीमलाई नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिएको थियो । विजयी टीमलाई वडा नम्बर १३ का वडा अध्यक्ष विजयी जोशीले एक समारोहका विच पुरस्कार राशी प्रदान गरेका थिए ।
पुरस्कार प्रदान गर्दै अध्यक्ष जोशीले स्वस्फूर्त रुपमा वडा नम्बर १३ का युवाहरुले क्रिकेट प्रतियोगिता शुरु गर्नुनै सह्रानिय काम भएको बताए ।
उनले आउँदो वर्षबाट यस क्षेत्रमा क्रिकेट प्रतियोगिता आयोजना गरि युवाहरुको मनोबल बढाउनेमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
जोशीले युवाहरुको चारित्रिक मानसिक विकासका लागि यस्ता प्रतियोगिताले ठूलो टेवा पुर्याउने बताउँदै ‘वडा नं. १३ लाई खेलमय क्षेत्र बनाउन आफू लागिरहेको छु ।’
प्रतियोगितामा सन्तोषी टोल, विष्णु टोल, बोराडाँडी, आदर्श टोल, राजपुर युवा क्लब, हिमाली टोल, लक्ष्मीनगर र जाई गरी ७ वटा टीमको सहभागिता रहेको विष्णु टोलका प्रतियोगिता संयोजक गजेन्द्रसिंह बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार