१० श्रावण २०८१, बिहीबार

पशु क्वारेन्टाइनसम्बन्धी अन्तक्र्रियाः कानुन कार्यान्वनमा कडाइ



धनगढी । धनगढीमा शुक्रबार पशु क्वारेन्टाइन सम्बन्धी अन्तरक्रिया भएको छ । पशु क्वारेन्टाइन कार्यालय, गड्डाचौकी, कञ्चनपुरको आयोजनामा सुरक्षा निकाय सहितका सरोकारवालाहरूको सहभागितामा अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा आन्तरिक क्वारेन्टाइन व्यवस्थापन गर्न सो सम्बन्धी बनेको कानुन प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने सहभागिहरूले जोड दिए ।
कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय, गड्डाचौकीका प्रमुख डाक्टर विनयकुमार कर्णले सिमा क्षेत्रबाट भित्रिने पशुपंक्षी तथा पशुपंक्षीजन्य वस्तुका कारण विभिन्न खाले रोग भित्रिने खतरा रहेकोले त्यसलाई व्यवस्थित गर्न सबै सरोकारवालाहरूको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कार्यालय प्रमुख डाक्टर कर्णले क्वारेन्टाइनका विभिन्न कार्य सम्पादनमा विभिन्न सरोकारवालाहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने र कानुन कार्यान्वनमा कडाई गर्दै रोग रोकथामका लागि विशेष सतर्कता अपनाउनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा कुखुरा उत्पादक किसानहरूले देशका विभिन्न जिल्लामा बर्डफ्लु संक्रमण देखिएकाले संक्रमित जिल्लाबाट कुखुरा, अण्डा लगायत मासुजन्य वस्तु भित्रिन रोक लगाइनुपर्ने बताए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कैलालीका प्रहरी प्रमुख आभूषण तिम्सिना, जनपद तथा सशस्त्र प्रहरी अधिकारी, सरकारी कार्यालयका प्रतिनिधि, तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार