१० श्रावण २०८१, बिहीबार

पत्रकार भण्डारीविरुद्ध मुद्दा दायर



धनगढी। कञ्चनपुरका पत्रकार खेम भण्डारीविरुद्ध गालीबेइज्जती सम्बन्धी मुद्दा दायर भएको छ । पत्रकार भण्डारीविरुद्ध पूर्व प्रहरी उपरीक्षक डिल्लीराज बिष्टका छोरा किरण बिष्टले शुक्रबार गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेका छन् । किरणले शुक्रबार दिउँसो कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको बताइएको छ ।
किरणले पत्रकार भण्डारीले निर्मला बलात्कार तथा हत्या घटनामा आफूलाई जोडर समाचार सम्प्रेषण गरेको र त्यसले आफ्नो मानहानी भएको भन्दै गाली, बेइज्जतीको मुद्दा दायर गरेको बताए ।
पत्रकार भण्डारीमाथि यसअघि बबिता र रोशनी बमले पनि चरित्र हत्या गरेको भन्दै गाली, बेइज्जती मुद्दा दायर गरेका थिए ।
गत साउन १० गते बालिका निर्मलाको बलात्कारपछि हत्या भएको थियो । घटनामा संलग्न दोषि अझैं फेला परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार