१० श्रावण २०८१, बिहीबार

बारा–पर्सा हावाहुरी: विभिन्न पक्षबाट पीडितलाई राहत संकलन तथा प्रदान



धनगढी । केही दिनअघि बारा र पर्सामा ठूलो जनधनको क्षती भएको हावाहुरीबाट पीडितका लागि नया“शक्ति पार्टीको सुदूरपश्चिम प्रदेश समितिले राहत रकम सहयोग गरेको छ ।
नया“शक्ति पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालयले केन्द्रीय कार्यालयको बैंक खातामार्फत ११ हजार एक सय ५० रुपैया राहत रकम सहयोग प्रदान गरेको जनाएको छ ।
नया“शक्तिका प्रदेश संयोजक कृष्णबहादुर चौधरी (कुन्दन) सहित पार्टीका ११ जनाले संकलन गरेको राहत रकम प्रदान गरिएको छ ।
हावाहुरी पीडित परिवारका लागि प्रदेश संयोजक चौधरी, तथा भक्तबहादुर विश्वकर्मा, गजेन्द्र विष्ट, मिनराज बडु, रण्बहादुर खड्का, राजाराम चौधरी, राजेन्द्रप्रसाद देवकोटा, खडक सावद, बसन्ती चौधरी र माया नेगीले राहत रकम प्रदान गरेको जनाइएको छ ।

बौनिया जेसिजद्वारा राहत संकलन
बौनिया जेसिजले हावाहुरी पीडितको सहयोगका लागि बुधबार र बिहीवार राहत रकम तथा समाग्री संकलन गरेको छ ।
बौनिया जेसिजले विभिन्न स्थानबाट ३४ हजार चार सय रुपैया तथा चामल, चाउचाउ, र लत्ताकपडा संकलन गरेको बौनिया जेसिजका अध्यक्ष धिरज शाहीले बताए ।
संकलित राहत सामग्रीमा दुई सय ४१ प्याकेट चाउचाउ, ५० केजी दाल, एक सय प्याकेट बिस्कुट, बच्चाका कपडा १५ थान, ५० किलो ५० र दुई बोरा चामल, लत्ताकपडा आदि रहेका छन् ।

कफी खुवाउदै, राहत जुटाउदै

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार