१० श्रावण २०८१, बिहीबार

नयाँ शक्ति पार्टीद्धारा हावाहुरी पीडितलाई रकम सहयोग



धनगढी । नयाँ शक्ति पार्टी सुदूरपश्चिम प्रदेशले वारा र पर्साका हावाहुरी पीडित परिवारलाई राहत रकम सहयोग गरेको छ ।
पार्टीका प्रदेश कार्यालयले केन्द्रीय कार्यालयको खातामार्फत ११ हजार एक सय ५० राहत रकम सहयोग गरेको हो ।
संयोजक कृष्णबहादुर चौधरी (कुन्दन) सहित पार्टीका ११ जनाले रकम सहयोग गरेको संयोजक चौधरीले बताए ।
पीडित परिवारलाई राहत स्वरुप संयोजक चौधरी, पार्टीका भक्तबहादुर विश्वकर्मा, गजेन्द्र विष्ट, मिनराज बडु, रण्बहादुर खडकाले एक हजार एक सय, राजाराम चौधरी एक हजार ५०, राजेन्द्रप्रसाद देवकोटा, खडक सावद, बसन्ती चौधरी, माया नेगीले एक/एक हजार र प्रकाश नेपालीले छ सय रकम सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार