१० श्रावण २०८१, बिहीबार

बेरोजगार महिलालाई स्वरोजगार बनाउन हाते कडाइ तालीम



धनगढी । बेरोजगार महिलालाई स्वरोजगार बनाउन धनगढी उपमहानगरपालिका वडा नंं. १३ मा २ महिने हाते कडाई तालिम सुरु गरेको छ । जनजागृती महिला समूह वडा नं. १३ ले बेरोजगार महिलालाई स्वरोजगार बनाउन सो २ महिने तालिम सुरु गरेको हो ।
तालिममा ३० जना महिला सहभागी भएका छन । तालिममा सहभागी महिलाहरुले घरआँगनमै समूहले आफूहरुको जीविकोपार्जन र सीप हाँसिल गराउन तालिमको आयोजना गरिएको भन्दै निकै नै खुशि महसुस गरेको जनजागृति महिला समूहका सल्लाहकार पुष्करराज पन्तले जानकारी दिए ।
तालिमको उद्घाटन धनगढी उपमहानगरपलिका वडा नं. १३ का वडाअध्यक्ष विजयराज जोशीले गर्दै महिलाहरुको दक्षता क्षमता अभिवृद्धि गराई रोजगारी सृजना गराउन यो तालिमको मुख्य भूमिका हुनु पर्ने बताएका छन ।
उनले महिलाहरुको सीपमूलक तालिमका लागि वडाले पनि सक्दो सहयोग गर्न तत्पर रहेको बताए । महिला जनजागृति समूहका अध्यक्ष गीता भट्टको सभापतित्वमा सुरु भएको सो तालिममा नेपाली कांग्रेसका नेता हरिश खड्का,समाजसेवी तारानाथ ओझा,समाजसेवी तेजराज पन्त,वडा सदस्य हिरा राना लगायत सयौँ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन दुर्गा भट्टले गरेकी थिइन । तालिमबाट सीप सिकेका महिलाहरुको आय आर्जन गराउन यो समूहले बजारको व्यवस्थापन प्रबद्र्धन गराउन लाग्ने उदेश्यका साथ यो तालिमको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार