१० श्रावण २०८१, बिहीबार

मुक्त हलियाको प्रदेश सञ्जाल गठन



धनगढी । राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल, डडेल्धुराको संयोजकत्वमा सुदूरपश्चिम प्रादेशिक सञ्जाल गठन गरिएको छ ।
सञ्जालमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, राष्ट्रिय दलित नेटवर्क, कमैया प्रथा उन्मुलन समाज, मुक्त कमैया महिला विकास मञ्च, बादी उत्थान प्रादेशिक समिति र राष्ट्रिय भुमि अधिकार मञ्च कैलाली सदस्य रहेका छन् ।
सिमान्तकृत वर्गहरुको क्षमता अभिवृद्धि, आवाज बुलन्द गर्ने, सिमान्तकृत समुहका समस्या सम्बोधनका लागि छिटो पुर्नस्थापना गर्न र समानुपातिक समावेशी पद्धतिका आधारमा नीति, कार्यक्रम र बजेट विनियोजन गर्न स्थानीय तह, प्रदेश र संघीय सरकारसंग माग गर्ने बिहिबार जारी प्रेस विज्ञप्तीमार्फत जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार