७ पुष २०८१, आईतवार

करेन्ट लागेर दुईको मुत्यु



धनगढी । धनगढी उप–महानगरपालिकामा करेन्ट लागेर दुई जनाको मुत्यु भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ३ मिलनचौकमा पर्शुराम बानियाको घरमा करेन्ट लागेर दुइ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नुहाउने क्रममा पानी तान्ने मोटरको तारबाट लागेको करेन्टले बानियका ५ बर्षिय छोरा आयुश र सोही घरमा डेरा गरि बस्दै आएका कैलारी गाउ“पालिका कोईलही तालका छक्क चौधरीकी ५ बषीय छोरी अनामिका चौधरीको मुत्यु भएको हो ।
बानियकाको माया मेट्रो अस्पताल र चौधरीको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमरा बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार