१० श्रावण २०८१, बिहीबार

कैलाली भ्रमण वर्षः कर्णाली याफ्टिङ महोत्सव हुँदै



धनगढी । कैलाली भ्रमण वर्ष अन्तर्गत कैलालीमा कर्णाली र्याफटिङ महोत्सव आयोजना हुने भएको छ । मोहन्याल गाउँपालिका र जिल्ला समन्वय समिति, कैलालीको संयूक्त आयोजनामा आगामी २३ देखि २५ गतेसम्म सो महोत्सव सञ्चालन गरिने मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कर्णाली र्याफटिङ महोत्सवको सुदूरपश्चिम, कर्णाली प्रदेश र ५ नम्बर प्रदेशका मुख्यमन्त्रीहरुले संयूक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला समन्वय समिति, कैलालीका प्रमुख सूर्यबहादुर थापाले बताए ।
प्रमुख थापाले मोहन्याल गाउपालिकाको सोल्टादेखि चिसापानीसम्म करिव २५ किलोमिटर लामो दुरी (तीनदेखि चार घण्टासम्म) खण्डमा र्याफटिङ गरिने बताए ।
सुदूरपश्चिमको पर्यटकिय सम्भावनाहरुको विकास, विस्तार र प्रवद्र्धन गर्र्न र्याफ्टिङ आयोजना गरिन लागेको जिल्ला समन्वय समिति, कैलालीले जनाएको छ ।
जिसस प्रमुख थापाले कर्णाली नदीमा एक सय २० वटा डुंगामा एक हजार एक सय जनालाई र्याफटिङ गराएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाइने बताए ।
उनले महोत्सवबाट कर्णाली र्याफटिङ ज्याम्बोरी एउटा उत्सवका रुपमा स्थापना हुने, कर्णाली नदीमा पर्यटकहरुको आगमनमा उल्लेख्य बृद्धि हुने, कर्णाली लगायत यस क्षेत्रका पर्यटकिय गन्तव्य स्थलहरुको विकास र विस्तार हुने अपेक्षा व्यक्त गरे ।
आयोजकले महोत्सवमा डुंगा, र्याफटिङ शुभारम्भ गर्ने स्थल तयारी, पर्चा, पम्पलेट, ब्यानर, अतिथि सत्कार, खाना बस्न, सवारी खर्च लगायतका गरि झण्डै १४ करोड ५० लाख रुपैय खर्च हुने अनुमान व्यक्त गरे ।
महोत्सवमा आन्तरिकसंगै भारतको उत्तर प्रदेश र उत्तराखण्डको पाँचवटा शहरहरुबाट पनि र्याफटिङका लागि सहभागिता हुने बताए । उनले यसका लागि प्रचार–प्रसार भइसकेको बताए ।
प्रमुख थापाले कार्यक्रमबाट बचेको रकमलाई आगामी दिनमा कर्णाली र्याफटिङ् विकासका लागि खर्च गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार