१० श्रावण २०८१, बिहीबार

धनगढीद्धारा हावाहुरी पीडित परिवारलाई एक दिनको तलब



धनगढी । धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले एक दिनको तलव रकम पर्सा र वाराका हावा हुरी पिडितलाई दिने निर्णय गरेको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले मानवीय संकटमा मलम लगाउनका लागि एक दिनको तलव दिने निर्णय गरेको बताए । उनले भने, संकट परेका बेला सहयोग गर्नु मानवीय धर्म हो । नगरप्रमुख वडले पर्सा र वाराका हावाहुरी पिडितका लागि जे जती सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन नगरबासी र धनगढीका क्रियाशिल संघसंस्थाहरु संग आग्रह समेत गरेका छन् ।
धनगढी उप–महानगरपालिकाकामा जनप्रतिनिधी र कर्मचारीहरु झण्डै ३ सय भन्दा बढी रहेका छन् । नगरप्रमुख वडका अनुसार एक दिनको तलव मात्रै हावाहुरी पिडितलाई दिएमा अढाई लाख भन्दा बढी हुन जान्छ । नगरप्रमुख वडले बुधवार नै प्रकृया अगाडी बढाउन लेखालाई निर्देशन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार