७ बैशाख २०८२, आईतवार

नयाँ वर्षको पुर्बसन्ध्यामा क्रिकेट प्रतियोगिता



धनगढी । कृषि बहुउदेश्यीय सहकारी संस्था कैलाली गाउँ वडा नं. १३ ले क्रिकेट प्रतियोगिता शुरु गरेको छ । नयाँ वर्षको पुर्बसन्ध्यामा संस्थाले आजबाट सो प्रतियोगिता सुरु गरेको हो ।
तीन दिनसम्म संचालन हुने सो प्रतियोगिताको उद्घाटन धनगढी उप महानगरपालिका वडा नं. १३ का विजयराज जोशीले ब्याटिङ गर्दै गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै जोशीले युवाहरुको चारित्रिक मानसिक विकासका लागि यस्ता प्रतियोगिताले ठूलो टेवा पुर्याउने बताएका छन् ।वडा नं. १३ लाई खेलमय क्षेत्र बनाउन आफू लागिरहेको बताउँदै जोशीले भने यसका लागि आफूले गर्ने सक्दो सहयोग रहिरहने छ । प्रतियोगितामा सन्तोषी टोल, विष्णु टोल, बोराडाँडी, आदर्श टोल, राजपुर युवा क्लब, हिमाली टोल, लक्ष्मीनगर र जाई गरी ७ वटा टीमको सहभागिता रहेको विष्णु टोलका क्याप्टेन गजेन्द्रसिंह बोहराले जानकारी दिए ।
प्रथम हुने टीमलाई रु. १० हजार धनराशीको पुरस्कार रहेको समेत उनले बताए । कृषि बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष कमल बोहराको सभापतित्वमा सुरु भएको सो प्रतियोगितामा वडा सदस्य हिरा राना, समाज सेवी भोजराज बोहरा, लक्ष्मीराज उपाध्याय, विष्णु भट्ट लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार