१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम सरकारबाट हावाहुरी पीडितलाई एक करोड दिने निर्णय



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्साका हावाहुरी पीडितलाई एक करोड रुपैया राहत प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश नम्बर २ सरकारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।
मन्त्रीपरिषद बैठकले हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दैे परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार