१२ श्रावण २०८१, शनिबार

हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो, ११ घाइतेलाई काठमाडौं ल्याइयो, २ को अवस्था चिन्ताजनक



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हेल्थ इमजेन्सी अपरेसन सेन्टरका अनुसार  हावाहुरी प्रभावित बारा र पर्सा जिल्लामा हालसम्म ३१ जनाको मृत्यु  भएको छ ।
हाल सेन्टर सञ्चालन गरिरहेका स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्रकुमार यादवका अनुसार प्रभावित क्षेत्रमा ३ वटा आकस्मिक चिकित्सा टोली पठाइएको उल्लेख गर्दै काठमाडौंको शिक्षण अस्पतालमा ११ जना घाइते ल्याइएकोमा २ जना को अवस्था चिन्ताजनक रहेको जनाकारी दिएका छन् । अन्य टोली समेत प्रभावित स्थलमा पठाउन तम्तयार अवस्थामा राखिएको छ ।
राज्यमन्त्री डा. यादवका अनुसार हाल नारायणी अस्पतालमा १२० जना घाइते उपचाररत छन् । त्यहाँ ६ जनाको मृत्यु भएको छ। यस्तै, नेशनल मेडिकल कलेजमा १९० घाइतेको उपचार भइरहेको छ भने त्यहाँ ३ को मृत्यु भएको छ । कलैया अस्पतालमा २०६, तराई हस्पिटल वीरगंजमा २, एडभान्स हस्पिटलमा २०, गण्डकी हस्पिटलमा २८, विरगंज हेल्थकेयर युनिटमा ३९ घाइतेको उपचार भइरहेको छ । भने हेल्थकेयर अस्पतालमा १ जनाको मृत्यु भएको छ।
प्रभावित क्षेत्रका सबै अस्पताल, स्वास्थ्य चौकीलाई उच्च सर्तकता राख्नुको साथै कुनैपनि परिस्थितिसँग जुध्न केन्द्र (स्वास्थ्य मन्त्रालय)सँग निरन्तर सम्पर्कमा रहन भनिएको कान्तिपुरले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार