१० श्रावण २०८१, बिहीबार

गर्भवती र सुत्केरी महिलाई पोषणयुत्त खाना वितरण



कृष्ण बिष्ट/बैतडी । बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ ले गर्भवती र सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाना वितरण गरेको छ ।

वडाभित्र रहेका ४६ जना सुत्केरी तथा गर्भवती महिलाहरुलाई वडा कार्यालयको तर्फबाट पोषणयुक्त खानेकुराको कोशेली वितरण गरिएको हो । आमा र बच्चाको स्वास्थ्यमा सुधार आओस भन्ने हेतुले पोषणयुक्त खानेकुराहरु र सरसफाइका समाग्रीहरु वितरण गरेको वडा नं ९ का अध्यक्ष एवम पाटन नगरपालिकाका नगर प्रबक्ता लोकबहादुर भण्डारीले जनाए ।
सुत्केरी भएको ६ महिना पुगेका आमा र गर्भवपतीहरुलाई एक किलो घिउ, एक क्रेट अण्डा, अयोडिन नुन र साबुन प्रदान गरिएको उनले बताए । सुत्केरी महिला र गर्भवती महिलाहरुले पोयष्णयुक्त खानेकुरा र सरसफाईका विभिन्न सामग्री प्राप्त गरेपछि खुशी भएका छन् । आमा र बच्चाको स्वास्थ्यमा सरसफाईका समाग्री वितरणले फाइदा पुग्ने भएकाले खुशी लागेको वडा नं ९ स्थित धारापनीकी उर्मा बिकले बताइन् । वडा कार्यालयको तर्फबाट स्वास्थ्य सम्बन्धिका यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनु पर्नेमा उनको जोड छ ।
सुआहाराको प्राबिधिक सहयोगमा सो सामाग्री वितरण गरिएको हो । आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउनको लागि यस वडा लाई कुपोषण मुक्त वडा बनाउन नया अवधारणा अघि सारेको वडा अध्यक्ष भण्डारीले बताए ।
कार्यक्रममा वडा कार्यालयले वडाका पा“च जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको छ । वडामा सुत्केरी र गर्भवती महिलाहरुको तथ्याङ्क संकलनमा सहजिकरण गरेकाले प्रोत्साहन स्वरुप दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार