१० श्रावण २०८१, बिहीबार

निर्माण प्रदेश अध्यक्षमा भट्ट



धनगढी । नेपाल निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा चेतराज भट्ट निर्वाचित भएका छन् ।
संघको १४ औं चुनावी साधारण सभाबाट भट्टले एक सय २८ मत प्राप्त गर्दै प्रतिष्पर्धी मदनबहादुर कुँवरलाई पराजित गरेका हुन् । कुँवरले एक सय १० मत प्राप्त गरेका थिए ।
महासंघको वरिष्ठ उपाध्यमा गजेन्द्रबहादुर चन्दले एक सय ३२ मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिष्पर्धी अम्मरबहादुर बमले ९१ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा छत्रबहादुर कठायतले एक सय १९, गंगबहादुर शाहले ९५ मत प्राप्त गरी निर्वाचित भएका छन भने मोहन विष्टले ७५ र कृष्ण सावदले ७३ मत प्राप्त गरेका थिए ।
महासचिवमा लक्ष्मणकुमार स्वाँरले एक सय ५१ मत प्राप्त गरि विजयी भएका छन भने प्रतिष्पर्धी कम्लेश कापडी भट्टले ८५ मत प्राप्त गरेका थिए ।
यस्तै कोषाध्यक्षमा आशबहादुर गुरङ, सह–कोषाध्यक्षमा दीर्घराज उपाध्याय, सदस्य जनजातीमा आङदावा शेर्पा, मधेशीमा शत्रुधन सिंह, पिछडामा हस्तबहादुर कुँवर, महिला सदस्यमा इश्वरी ओली र विमला श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
खुल्लामा पाँच सदस्यका लागि १५ जनाको उम्मेदवारी रहेको थियो ।
जसमा गणेशबहादुर खडकाले एक सय छ, ललित चन्दले ९९, रविन्द्रबहादुर खडकाले ९४, दर्शन खडकाले ८९ र यज्ञराज जोशीले ८६ मत प्राप्त गरि निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार