१० श्रावण २०८१, बिहीबार

स्वास्थ्य क्षेत्रका समस्याबारे अन्तक्र्रिया



धनगढी ।  स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय विषयमा शुक्रबार धनगढीमा अन्तक्र्रिया भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालय तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयूक्त आयोजनामा सो कार्यक्रम भएको थियो ।कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निर्देशक झंकर रावलले सरकारले ७२ प्रकारका औषधीहरु निःशुल्क तोके पनि सबै स्वास्थ्य संस्थामा सधैं पर्याप्त परिमाणमा उपलब्ध नहुने, प्रायः चिकित्सकहरु अस्पतालभन्दा क्लिनिकमा बस्ने गरेको, सेती अञ्चल अस्पतालको आईसियू, एनआईसियू लगायतका सेवाहरु व्यवस्थित हुन नसकेको लगायतका समस्या विद्यमान रहेको अनुगमनका क्रममा भेटिएको जानकारी दिए ।
उनले भने– मानव अधिकार आयोगमा सेवाग्राहीका तर्फबाट सिटामोलदेखि जुकाको औषधी समेत नपाएको उजुरी आएका छन् । त्यस्तै, स्वास्थ्य संस्थामा खटाइएका कर्मचारीहरु नहुँदा स्वास्थ्य सेवा पाउन गाह्रो भइरहेका लगायतका उजुरी आउने गरेका छन् ।
क्षेत्रीय निर्देशक रावलले सम्बन्धित निकायले नियमित रुपमा स्वास्थ्य संस्थाहरुको अनुगमन नगर्नु तथा स्वास्थ्य क्षेत्रमा दलगत राजनीतिकरण बढ्नु लगायतका कारणले पनि स्वास्थ्य क्षेत्रमा सुधार आउन नसकेको बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की, सामाजिक स्वास्थ्य सेवा विकास (स्वास्थ्य विमा) बोर्डका नरेश चौधरी, सरकारी तथा नीजि अस्पतालका सरोकारवालाहरुले संस्थाले प्रदान गर्दै आएको सेवाबारे र समस्याबारे जानकारी दिएका थिए ।
कार्यक्रममा सरकारी तथा नीजि अस्पतालका प्रतिनिधी, नागरिक समाजका प्रतिनिधी, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण इन्सेकका प्रदेश प्रमुख खडकराज जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार