४ जेष्ठ २०८१, शुक्रबार

प्रदेशमा सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको शुक्रबारको बैठकले प्रदेशमा सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार गरेको सो विधेयकमाथि दफावार छलफल गरी विधायन तथा प्रदेश मामिला समितिले पेश गरेको प्रतिवेदनमाथि छलफल गरेर सभाले विधेयक पारित गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय शाहले शुक्रबारको बैठकमा प्रतिवेदन सहितको विधेयकमाथि छलफल गर्न प्रस्ताव पेश गरेका थिए ।
प्रतिवेदन सहितको सुशासन विधेयकमाथि छलफल गर्न सत्तारुढ दल नेकपा सांसद्हरु अम्मर साउँद र देवकी मल्ल थापा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद् भरतबहादुर खड्का तथा प्रतिपक्ष दल राजपाका सांसद् कृष्ण चौधरीले भाग लिएका थिए । उनीहरुले विधेयकमा सुशासन कायम गर्नका लागि राम्रा प्रावधान राखेको भन्दै विधेयकको समर्थन गर्दै कार्यान्वयनमा ध्यान दिन सल्लाह दिएका थिए ।
विधायन तथा प्रदेश मामिला समितिले सो विधेयकमाथि दोस्रो पटक पनि दफवार छलफल गरी सभाको बिहीबार बसेको बैठकमा प्रतिवेदन पेश गरेको थियो । विधायन समितिले पहिलो पटक पेश गरेको दफावार छलफलको प्रतिवेदनमा प्रदेश सरकारले चित्त नबुझाएपछि दोस्रो पटक कानुन मन्त्री शाह सहितका सरकारका प्रतिनिधिहरुसंग पनि दफावार छलफल गरेको थियो ।

सम्बन्धित समाचार

सरकारले जवाफ दिएन, सांसद्हरुको प्रश्न रोकिएन

प्रदेश सभामा सरकारले आजपनि जवाफ नदिने

सत्तापक्षकै संसद् प्रदेश सरकारको कामप्रति असन्तुष्ट

प्रदेश सरकारलाई सांसद्को प्रश्नै प्रश्न

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार