३ जेष्ठ २०८१, बिहीबार

अाजको संसद् बैठकमा सरकारको तर्फबाट दुई जना मन्त्री संसद्लाई जवाफ दिने



धनगढी । सुदूरपश्चिम प्रदेश सभामा आज (शुक्रबार) दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सरकारका दुई जना मन्त्रीले जवाफ दिने भएका छन् ।


प्रदेश सभा सचिवालयका अनुसार सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले सांसद्हरुले विशेष र शुन्य समयमा उठाएका प्रश्नको जवाफ दिने कार्यकातालीका तय भएको छ । सचिवालयका सचिव बालाराम शर्माले बैठकबाट प्रदेशमा सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गर्ने कार्यतालीका पनि छ ।
प्रदेश सांसद्हरुले प्रदेश सभाको हिउँदे अधिवेशन शुरु भएदेखि नै प्रदेशकोे विकास बजेट खर्च, प्राकृतिक प्रकोप पीडितलाई राहत, किसानलाई समयमा मल, विउ, स्वास्थ्य समस्या लगायतका विषयमा प्रश्न गरिरहेका छन् । सांसद्हरुले बारम्बार प्रश्न गरिरहको भएपनि प्रदेश सरकारले जवाफ नदिएपछि सांसद्हरुले जवाफ नदिने भए प्रदेश सभाको औचित्यमा माथि समेत प्रश्न उठाएका थिए ।
प्रतिपक्षका सांसद्हरुले मात्रै नभई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद्हरुले समेत सरकारलाई कडा रुपमा प्रश्न गरेका थिए । सांसद्हरुले जवाफ नदिए केही सोच्न बाध्य हुने समेत चेतावनी दिएपछि प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले प्रदेश सरकारलाई चैत १० गतेको बैठकबाट सात दिनभित्रै जवाफ दिन निर्देशन दिएका थिए । प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले मन्त्रालयहरुलाई जवाफ दिन चैत १२ गते नै पत्र पठाएको थियो । बिहिबारकै बैठकमा मन्त्रीहरुले जवाफ दिने चर्चा गरिएपनि सो बैठकमा सरकारको तर्फबाट सदनमा जवाफ आएन । मन्त्रीहरुले जवाफ दिने भएपछि आज शुक्रबार संसद् बैठक बोलाइएको हो ।

सम्बन्धित समाचार

सरकारले जवाफ दिएन, सांसद्हरुको प्रश्न रोकिएन

प्रदेश सभामा सरकारले आजपनि जवाफ नदिने

सत्तापक्षकै संसद् प्रदेश सरकारको कामप्रति असन्तुष्ट

प्रदेश सरकारलाई सांसद्को प्रश्नै प्रश्न

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार