४ जेष्ठ २०८१, शुक्रबार

हाईसमा एक्कासी आगलागी



धनगढी । कैलालीको अत्तरीयामा गुडिरहेको एक हाईसमा एक्कासी आगलागी भएको छ । महेन्द्रनगर देखी अत्तरिया हुदै नेपालगंञ्ज तर्फ जादै गरेको नमस्ते शुक्लाफाटा यातायातको बा ४ ख ५८६८ नम्वरको हाईसमा गुडिरहेको अबस्था एक्कासी आगलागी भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।अत्तरीयावाट नेपालगंञ्ज जाने यात्रुहरु खोज्दै गुडीरहेकोे हाईसको तार सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख प्रहरी निरिक्षक किसन चन्द ठकुरीले जानकारी दिए । अत्तरियाको मुख्य चोकमा रोकि राखेको हाईसमा आज बिहान ८ बजेतिर एक्कासी आगलागी भएपछि गोदावरी नगरपालिकाको दमकल, सुरक्षा नियकाले आगो नियन्त्रणको उनले बताए ।

आगलागीवाट हाइसको भित्रि भागहरु पुरा जलेर नष्ट भएको छ भने मानविय क्षती भने हुन नपाएको प्रहरी निरिक्षक ठकुरीले बताए । यस बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । हाइस अत्तरियाको मुख्य चोक इलाका प्रहरी कार्यालय नजिकै रोकिराखेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार