३ जेष्ठ २०८१, बिहीबार

दुई जना संकास्पद व्यक्ति पक्राउ



धनगढी ।  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला हत्याकाण्डमा प्रहरीले दुई जना संकास्पद व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।

अनुसन्धानमा खटिएको प्रहरी टोलीले दुई जनालाई अछामबाट पक्राउ गरेको हो।

पक्राउ परेकाहरुको नाम ठेगाना भने प्रहरीले गोप्य राखेको छ।

उनीहरुको बयान शंकास्पद देखिएपछि थप अनुसन्धान र डिएनए परीक्षणका लागि काठमाडौं ल्याउने तयारी गरिएको स्रोतले जानकारी दियो।

गत साउन १० गते साथीको घर जान्छु भनेर निस्किएकी बालिका पन्त भोलिपल्ट नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन्।

उनको बलात्कारपछि हत्या भएको पुष्टि भएपनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार