१२ श्रावण २०८१, शनिबार

यस पटकको लगानी सम्मेलनबाट पनि विदेशी लगानी भित्रिदैन: भट्टराई



धनगढी । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले यसपटकको लगानी सम्मेलनले पनि विदेशी लगानी भित्र्याउन सहयोग नगर्ने बताएका छन् ।

नयाँ शक्ति पार्टीको ‘देशको विद्यमान परिस्थितिमा राजनीतिक दलको भूमिका विषयक खुल्ला अन्तर सम्वाद’ कार्यक्रमलाई बुधबार धनगढीमा सम्बोधन गर्दै उनले सरकारले लगानीको वातावरण बनाउन नसकेको बताएका हुन् । ‘यस पटकको लगानी सम्मेलन पनि विगतको निरन्तरता हो,’ भट्टराईले भने, ‘लगानीकर्ताहरु आउँछन् । खान्छन् । बस्छन् । ठूलो लगानी ल्याउने प्रतिवद्धता गर्छन् । लगानी आउदैन ।’
विगतमा भएको लगानी सम्मेलन पनि यस्तै भएको बताए । उनले अन्तराष्ट्रिय औषत प्रतिव्यक्ति आएसम्म १० वर्षमा नेपालीको प्रतिव्यक्ति आय पु¥याउन नेपालको आर्थिक बृद्धिदर १० प्रतिशत भन्दा बढि पुगाउनु पर्ने बताए । त्यसका लागि नेपाल सरकारले १० खर्च रुपैयाँ विकासमा लगानी गर्नुपर्ने भएपनि नेपालको क्षमता ४ खर्ब लगानी गर्ने मात्रै रहेको बताए ।

नेपालको विकास लगानी १० खर्ब पुगाउनका लागि विदेशी लगानी आवश्यक रहेको र त्यसका लागि विप्पा जस्ता सम्झौता आवश्यक रहेको भट्टराईले बताए । उनले सो विदेशी लगानी ल्याउनका लागि सरकारले देशभित्र शान्ति र सुशासन कायम गर्न आवश्यक रहेको बताए ।
भट्टराईले सरकारले सिके रावतसंग गरेको सम्झौता, विप्लव नेकपालाई गरेको प्रतिबन्ध, भ्रष्टाचार, कर्मचारीहरुको कमिनखोरी, अपहरण, फिरौती, हत्याहिंसाका कारणले लगानीको वातावरण नरहको बताए ।
भट्टराईले सिकेसंग गरेको सम्झौतामा सरकारले सिकेलाई ठग्न खोज्दा आफै ठगिएको टिप्पणी गरेका छन् । उनले पृथकतावादी आन्दोलन गरिरहेका सिकेसंग सरकारले जनअभिमत शब्द राखी सम्झौता गर्नु गलत भएको बताए ।
उनले विप्लब समूहलाई पनि दमन गरेर समस्या समाधान नहुने बताए । उनले विप्लवले हिंसात्मक गतिविधि गरेर राजनीतिक उपलब्धी गर्न नसक्ने बताए । विप्लब समूह र सरकारले आफ्नो नीतिमा पुनर्विचार गरी निरन्तर बहस सम्बाद गरेर समस्या समाधान गर्नुपर्ने बताए ।
पृथकतावादी सिकेसंग राजनीति सम्झौता गर्न सक्ने सरकारले पहिचान र प्रदेश सीमांकनको माग गरिरहेका थारु समुदायको क्रममा भवितब्यबस टीकापुर घटनाका कारण जेलमा राख्नु पनि गलत रहेको बताएका छन् । उनले संघीय सांसद् रेशम चौधरी लगायत ११ जनालाई जन्मकैद सजाय सुनाएका मध्ये पाँच जना घटना हुनु भन्दा पहिला नै घाइते भएर अस्पताल भर्ना भएका व्यक्तिहरु परेको बताए ।
नयाँशक्ति पार्टीका सुदूरपश्चिम प्रदेश संयोजक राजेन्द्रप्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नयाँ शक्तिका प्रदेश ईञ्चार्ज कृष्ण चौधरी कुन्दन लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी स्थानीयहरुले भट्टराईले विभिन्न प्रश्नहरु राखेका थिए ।

सम्बन्धित समाचार

टीकापुर घटना राजनीतिक रुपमा समाधान गर्नु बुद्धिमानी हुन्छ: डा. भट्टराई

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार