४ जेष्ठ २०८१, शुक्रबार

खप्तड क्षेत्र पर्यटन विकास समिति गठनको बाटो खुल्यो



धनगढी । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन गर्ने बाटो खुलेको छ ।


सुदूरपश्चिम प्रदेश सरकारले खप्तड क्षेत्र पर्यटन विकास तथा ब्यवस्था समिति गठन आदेश २०७५ लाई स्वीकृत गरेपछि सो सो समिति गठन गर्ने बाटो खुलेको हो । प्रदेश सरकारको बुधबार बसेको मन्त्री परिषद्को बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पेश गरेको सो गठन आदेश स्वीकृत गरेको छ ।
संघीय सरकारले खप्तड क्षेत्रमा पर्यटन विकास तथा व्यवस्थापन समिति गठन गरेको भएपनि प्रदेश सरकार मातहत आएपछि आदेश पारित नहुँदा सो समिति गठन हुन सकेको थिएन ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले दिएको जानकारी अनुसार मन्त्रीपरिषद बैठकले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले तयार गरेको सुदूरपश्चिम प्रदेशको नदीजन्य पदार्थ ब्यवस्थापन कार्यविधि २०७५ पनि स्वीकृत गरेको छ ।
यस्तै मन्त्रीपरिषदको बैठकबाट सामाजिक विकास मन्त्रालयले तयार पारेको गर्भवती र सुत्केरी अवस्थामा ज्यान जोखिममा रहेका महिलाहरुलाई उद्धार गर्ने कार्र्यविधि २०७५ पनि स्वीकृत गरेको छ । यो कार्यविधि पारित भएसंगै प्रदेश सरकारले बजेटमा ब्यवस्था गरेको एयरलिफ्टिङ कार्यक्रम सञ्चालन गर्न बाटो खुलेको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिब ओलीले प्रदेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको कोल्ड स्टोर, कोल्डरोम र राइपेनिङ च्याम्बर निर्माण कार्यविधि २०७५ समेत स्वीकृत भएको जनाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार