४ जेष्ठ २०८१, शुक्रबार

निर्मला हत्याकाण्डः अदालतद्वारा बर्खास्त डिएसपि जिसीसंग नाैं लाख धरौटी माग



कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको प्रमाण नष्ट गरेको आरोपमा मुछिएका केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीका डिएसपी अंगुर जिसीलाई जिल्ला अदालतले ९ लाख धरौटी तोकिएको छ । बुधबार जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासबाट भएको थुनछेक बहसपछि जिसीबाट ९ लाख धरौटी लिन आदेश जारी भएको हो ।

जिल्ला आदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले यातनामा ५ लाख र प्रमाण नष्टमा ४ लाख धरौटी लिन आदेश जारी भएको बताए । थुनछेक बहसमा पुर्व डिएसपी जिसीले आफ्नो भविष्यसँग जोडिएको विषय भन्दै साधारण तारेखमा रिहा गर्न अनुरोध गरेका थिए । जिसीसहित आठ प्रहरीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्याय कसुर र ४ भदौमा सार्वजनिक गरिएका दिलिपका दाजु खडक सिह विष्टले यातनामा जिसीविरुद्ध मुद्दा दायर गरेका थिए । जिसी सोमबार दिउँसो जिल्ला आदालत कञ्चनपुरमा उपस्थित भएका थिए ।

निर्मला मृत फेला परेपछि चर्किएको आन्दोलनसँगै प्रहरी प्रधान कार्यालयले सिआईबीका डिएसपी जिसी नेतृत्वको टोली घटनाको अनुसन्धान गर्न १३ साउनमा कञ्चनपुर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार