११ श्रावण २०८१, शुक्रबार

टीकापुर घटना राजनीतिक रुपमा समाधान गर्नु बुद्धिमानी हुन्छ: डा. भट्टराई (भिडियोसहित)



धनगढी । पूवप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले टीकापुर घटनालाई आपराधिक रुपमा अदालतमा लग्नु गलत भएको बताएका छन् ।

टीकापुर घटनाले गर्दा उत्पन्न परिस्थितिबारे कैलालीमा जन अन्तर सम्बाद गर्न आएका भट्टराईले बुधबार धनगढीमा पत्रकारहरुसंग कुरा गर्दै सरकारले राजनीतिक रुपमा समस्या समाधान गर्नुपर्ने अदालत लगेकोमा दुःख व्यक्त गरे । उनले सिके राउतको पृथकतावादी आन्दोलनलाई पनि सरकारले राजनीतिक रुपमा समाधान गरेको बेला टीकापुर घटना पनि त्यसै गरी समाधान गर्नुपर्ने बताए । ‘प्रदेशको सीमांकनको विषयमा असन्तुष्टी लिएर र पहिचानका लागि गरेको थारुहरुको आन्दोलन राजनीतिक आन्दोलन थियो,’ भट्टराईले भने, ‘टीकापुर आन्दोलनलाई सरकारले राजनीतिक रुपमा समाधान गरिनुपर्छ । यो नै बुद्धिमानी हुन्छ । दण्ड गरेर झन घाउ मात्रै चह¥याउँछ र थप द्वन्द्वको वातावरण बनाउँछ ।’
उनले विप्लब समूहलाई पनि दमन गरेर समस्या समाधान नहुने बताएका छन् । उनले विप्लवले हिंसात्मक गतिविधि गरेर राजनीतिक उपलब्धी गर्न नसक्ने बताए । विप्लब समूह र सरकारले आफ्नो नीतिमा पुनर्विचार गरी निरन्तर बहस सम्बाद गरेर समस्या समाधान गर्नुपर्ने बताए ।

मंगलबार टीकापुरमा टीकापुर घटनाबारे अन्तरसम्बाद गरेकाे नयाँ शक्तिले केहिबेरमा धनगढीकाे पार्क माेडमा साे कार्यक्रम गरिरहेको छ । साे कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टरार्इले सम्बाेधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार