४ जेष्ठ २०८१, शुक्रबार

निर्मला हत्याकाण्डः अंगुर जिसीको बयान सकियो, बुधबारदेखि थुनछेक बहस



कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको प्रमाण नष्ट गरेको आरोपमा मुछिएका केन्द्रीय अनुसन्धान ब्यूरो ‘सिआइबी’का डिएसपी अंगुर जिसीको बयान सकिएको छ ।


सोमबार जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका जिसीको बयान दुई दिन लगाएर मंगलबार सकिएको आदालतले जनाएको छ । उनीसहित आठ प्रहरीलाई निर्मलाकी आमा दुर्गादेवीले सार्वजनिक न्याय कसुरविरुद्ध मुद्दा दर्ता गराएकी थिइन् ।
त्यस्तै, उनीहरुमाथि ४ भदौमा दोषी भनी सार्वजनिक गरिएका दिलिपका दाजु खडकसिंह विष्टले यातनाविरुद्धमा मुद्दा दायर गरेका थिए । सो कसुर उपर पूर्व डिएसपी जिसी सोमबार दिउ“सो ११ बजे जिल्ला आदालत कञ्चनपुरमा उपस्थित भएका थिए ।
जिल्ला आदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको रोहोबरमा जिसीले बयान दिएको बताए । ‘आज बयान सकियो,’ श्रेस्तेदार अवस्थीले भने, ‘हामीले जिसीलाई प्रहरीको जिम्मा लगाएका छौं ।’
बुधबार बिहान १० बजे आदालतमा उपस्थित गराउने निर्णयसहित जिसी प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार