४ पुष २०८२, शुक्रबार

एजेण्डा नभएपछि प्रदेश सभा बैठक स्थगित



धनगढी । छलफलका लागि कुनै विषय नभएपछि सुदूरपश्चिम प्रदेश सभाको बिहिबारको बैठक स्थगित भएको छ । मूल एजेन्डा नभएपछि बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । विधायन तथा प्रदेश मामिला समितिले प्रतिवेदन सहित तयार गरेको ‘प्रदेश सभा सचिव तथा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ प्रदेश सभामा पेस नहुने भएपछि बैठकले बिजनेस नपाएको हो ।

लगातार तीन पटक सम्म गणपुरका संख्या नपुगेर समितिको बैठक स्थगित भएको थियो । विधायन समितिका सभापतिले ह्वीप जारी गरेपछि सोमबार सत्तारुढ दलका सबै सदस्य उपस्थित भएका थिए । सोमबार प्रतिवेदन तयार भए पनि त्यसमा प्रमुख प्रतिपक्षीले असहमति जनाएपछि त्यो प्रतिवेदन संसदमा पेस हुन सकेको थिएन ।
‘मंगलबार विधायन समितिको प्रतिवेदन सहितको विधेयक पेस गर्ने छलफल भएको थियो, तर कार्य ब्यवस्था परामर्श समितिले पेस नगर्ने निर्णय ग¥यो । त्यही विधेयक पेस गर्ने गरी बैठक आह्वान गरिएको थियो । प्रतिवेदन तयार भएन, त्यसैले बैठक बस्न सकेन’ सचिवालयका सचिव बालानन्द शर्माले जानकारी दिए । उनले बैठक स्थगित गर्नुको अर्को कारण राष्ट्रिय शोक पनि भएको बताए ।
बुधबार दिउसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो । संघीय सरकारले मन्त्री अधिकारीको निधनमा बिहीबार शोकमा सार्वजनिक विदा दिएको छ ।
संसद सचिवालयका सचिव शर्माले भने– केन्द्र सरकारले नै शोक बिदा दिएको छ, त्यसकारण पनि बैठक स्थगित गरिएको हो । बिहिबार ११ः३० बजे बस्ने भनिएको प्रदेश सभाको ११ औ“ बैठक सूचना टा“स गरी २१ गते दिउ“सो १ बजे सम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार