४ पुष २०८२, शुक्रबार

’जिल्लाको सुरक्षामा सुधार‘ (भिडियो र प्रहरीको वक्तव्यकाे पूर्णपाठ)



धनगढी । जिल्ला प्रहरी कार्यालय, कैलालीले जिल्लाको जिल्लाको सुरक्षा अवस्थामा सुधार अाएको दवी गरेको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन अायाेजना गरी गत कार्तिक महिनादेखि माघ मसान्तसम्मको जिल्लाको सुरक्षा अवस्था र चुनौतीबारे सार्वजनिक गर्दे जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षाक अाभुषण तिमिल्सिनाले सुरक्षा अवस्थामा सुधार अाएको दावी गरेका हुन्।कार्यक्रममा चालू आर्थिक वर्ष २०७५÷०७६ को पहिलो छ महिनामा मुद्दा दर्ताको अवस्थाबारे पनि जारी दिइयो । जिल्ला प्रहरी कार्यालयका अनुसार कैलालीमा चालू आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा विभिन्न प्रकृतिका छ सय दुई मुद्दा दर्ता भएका छन् । प्रहरीले विभिन्न अपराधिक घटनामा सात सय २७ जना अभियुक्त पक्राउ गरेको जनाएको छ । भने ७८ जना फरार रहेका छन् । पक्राउ गरिएका अभियुक्त मध्ये एक सय २२ जना कारागार चलान भएका छन् भने पाँच सय ३६ जना धरौटीमा छुटेका छन् । त्यस्तै, ७२ जना अनुसन्धानका क्रममा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार यो अवधिमा कर्तव्य ज्यानका १३, ज्यान मार्ने उद्योगका १६ र आत्महत्याका तीन घटना दर्ता भएका छन् ।
त्यस्तै, यो अवधिमा जवरजस्ती करणीका ३३ र जवरजस्ती करणी उद्योगका २१ मुद्दा दर्ता भएका छन् ।
कैलालीमा हरेक वर्ष लागू औषध सेवन तथा ओसारपसारका मुद्दामा बृद्धि आइरहेको प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीमा गत आर्थिक वर्ष २०७४÷७५ मा लागू औषध सम्बन्धी ७१ मुद्दा दर्ता भएकोमा चालू आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा ५२ वटा मुद्दा दर्ता भइसकेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार यो अवधिमा लागू औषध सम्बन्धी ५२ वटा घटनामा ७५ जनालाई अभियुक्तलाई पक्राउ गरिएको छ । भने एक किलो नौ सय ७७ ग्राम चरेश, ९६ ग्राम ६९ मिलिग्राम ब्राउन सुगर, ११ ग्राम छ मिलिग्राम सेतो सुगर, नाइट्रोभेट, स्पास्मोप्रोक्सोभिन समेत ३७ हजार पाँच सय ४४ ट्याब्लेट बरामद गरिएको छ ।
पत्रकार सम्मेलनमा कैलाली प्रहरी प्रमुख एसपी आभूषण तिमिल्सनाले यो अवधिमा भारतबाट अवैध रुपमा भित्राउने क्रममा कैलाली प्रहरीले दुई अर्ब ८० करोड ४५ लाख ९५ हजार रुपैया मूल्य बराबरको सामान बरामद गरि भन्सार कार्यालयमा बुझाएको जानकारी दिए ।
कैलालीमा चालू आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा २७ सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ । त्यस्तै, प्रहरीले १५ हजार एक सय ३९ सवारी साधनलाई कारबाही गरि ९० लाख २९ हजार पाँच सय रुपैया राजश्व संकलन गरेको जनाएको छ ।
कैलाली प्रहरी प्रमुख (एसपी) तिमिल्सिनाले धनगढी बजारका मुख्य मुख्य चौकमा समेत सिसिटिभी जडान नभएका कारण अपराध नियन्त्रणमा चुनौती बढेको बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट सम्पादन भएका कार्य बिबरण :-

१) मुख्य घटनामा सफल अनुसन्धान  तर्फ –

कर्तव्य ज्यान

  • मिति २०७५।०७।३० गते जि कै ध उ म न पा ४ स्थित ऐ ऐ बस्ने बिजय थापालाई कुटपिट गरी कर्तव्य ज्यान मुद्दाका प्रतिवादी ऐ ऐ बस्ने आशिस सेटी पक्राउ गरी पुर्पक्षका लागी कारागार ।
  • मिति २०७५।१०।०५ गते १८:०० बजेको समयमा जिल्ला कैलाली गोदावरी नगरपालीका वडा नम्बर २ पुर्व रोड बसन्तपुर टोल स्थित सुदुर पश्चिम प्रादेशिक महोत्सव २०७५ हेरी घर तर्फ फर्किने क्रममा जि.कैलाली गोदवारी न.न.पा २ बस्ने बिनोद ऐर् समेतले जि कै गो.न.पा १ बस्ने बर्ष २०को अरुण भट्टलाई धारिलो हतियार प्रयोग गरी हत्या गरी फरार रहेका अभियुक्तहरु मध्ये मुख्य अभियुक्त बिनोद ऐर, प्रमेश मगर, बिरेन्द्र शाह, राजु कडायत र सहयोगी ऐ. ध उ म न पा ३ बोराडाडी बस्ने बर्ष २२ को डेबिट सिंह ऐर, ऐ. ऐ १३ बस्ने  बर्ष २१ को लोकेश खत्री, ऐ. भजनी न पा २ घर भई हाल ध उ म न पा २ बस्ने बर्ष २१ कि मन्जु चौधरी (खडका), पक्राउ गरी सम्मानित अदालतबाट मन्जु चौधरी, डेबिट ऐर पुर्पक्ष कारागार, राजु कडायत, बिनोद ऐर, बिरेन्द्र शाह, लोकेश खत्री बाल सुधार गृह डोटी र प्रवेश मगर आफन्तको जिम्मा ।
  • मिति २०७५।८।३ गते रातीको समयमा बर्ष २२ कि निर्मला साउंद झुण्डी मृत अवस्थामा फेला परेको घटनामा प्रतिबादी लाल बहादु साउंद समेत २ जनालाई पक्राउ गरी

सम्मानित अदालतबाट पुर्पक्षका लागी कारागार ।

  • मिति २०७५।७।२० गते जिल्ला कैलाली धनगढी १९ बस्ने कृष्ण बहादुर ओली पानीमा डुबी मृत अवस्थामा फेला परेको घटनामा प्रकाश खत्री समेत २ जनालाई पक्राउ गरीएको ।

जबरजस्ती करणी :-

  • मिति २०७५।८।१३ गते बोल्न नसक्ने हिडडुल गर्न नसक्ने अपाङ्ग अवस्थाकी महिलामाथी जबरजस्ती करणी उद्योगमा ऐ. कैलारी ४ बस्ने बर्ष २० को श्याम लुहारलाई पक्राउ गरी प्रतिवादी पुर्पक्षका लागी कारागार ।
  • मिति २०७५।७।२४ गते धनगढी ४ उत्तरबेहडी बस्ने बर्ष ६७ को स्पन्दन राईलाई ५ बर्ष कि नाबालिका माथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरी पुर्पक्षका लागी कारागार ।
  • मिति २०७५।७।१० गते गौरीगंगा ७ बस्ने बर्ष ४८ को योगेन्द्र ताडीलाई जबरजस्ती करणी मुद्दामा पक्राउ गरी पुर्पक्षका लागी कारागार ।
  • मिति २०७५।०९।१० गते परिवर्तित नाम ७१ धनगढी ६४ लाई जिल्ला कैलाली धनगढी उपमहानगरपालीका १ बस्ने बर्ष २० को तुसार चौधरीले जबरजस्ती करणी गरी अश्लिल भिडियो YOU Tube  मा राखी फरार प्रतिवादी तुसार चौधरीलाई मिति २०७५।११।१४ गते पक्राउ गरी थप अनुसन्धान भई रहेको ।

          अपहरण सम्बन्धि:-

  • मिति २०७५।०८।२० गते प्रतिबादी प्रकाश भाटले जिल्ला बैतडी पुरचौडी नगरपालिका वडा नं. ४ घर भई जि. कैलाली धनगढी २ बस्ने बर्ष २१ को सन्तोष कुमार भट्टलाई अपहरण गरी शरिर बन्धक बनाएको घटनामा प्रतिवादी धरौटी तारेखमा छुटेको ।
  • जि कै ध उ म न पा ४ स्थित जलसा होटलबाट ऐ गो.न.पा ९ बस्ने बर्ष १७ को बसन्त भाटलाई जि डोटी पुर्वीचौकी गा पा २ घर भई जलसा होटलमा काम गर्ने चक्र खडका, जि कै ध उ म न पा २ बस्ने कुन्दन जोशी, ऐ ऐ बस्ने हर्केश बागले पिडितलाई कुटपिट गर्दै अपहरण गरी मोहना जंगल किनारा लगेको अवस्थामा २० मिनटमा पिडित बसन्त भाटलाई सकुसल उद्दार गरी ३ जना अभियुक्त पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतबाट पक्राउ प्रतिवादी पुर्पक्षका लागी कारागार ।

      मानव बेचविखन :-

  • मिति २०७५।०८।२४ गते जि. कैलाली अत्तरीया २ स्थित प्रतिबादी दिपक बि.क.ले संचालन गरेको अछाम मार्कु होटलमा परिवर्तित नाम ७१ धनगढी (५१) लाई यौन ब्यवशायमा लगाएको अवस्थामा ३ जना पक्राउ गरी मानव बेच बिखन तथा ओसार पसार मुद्दा दर्ता गरी  सम्मानित कैलाली जिल्ला अदालतबाट प्रतिवादी धरौटी तारेखमा छुटेका ।
  • मिति २०७५।८।१८ गते परिवर्तित नाम ७१ धनगढी (४९) लाई प्रतिबादी देबु दमाई समेतले भारत तर्फ लैजादै गरेको अवस्थामा माईती नेपाल संस्थाले रोकी प्रतिबादी देबु दमाई समेत ३ जनालाई पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतबाट देवु दमाई पुर्पक्षका लागी कारागार र २ जना धरौटी तारेखमा छुटेका ।

२  फरार पक्राउ:-

जम्मा संख्या

सि.न. विवरण ०७४।०७५ ०७५।०७६
पक्राउ संख्या १३ १२

फरार प्रतिवादी पक्राउ

सि न पक्राउ भएको प्रतिवादीको नाम वतन पक्राउ गर्ने कार्यालय पक्राउ मिति मुद्धा शिर्षक फैसला भएको कैद सजाय असुल उपर गरिएको जरिवाना रकम
1 जिवन नाथ जि.कै.धउ.म.न.पा.३ जि.प्र.का.कैलाली २०७५।४।१६ के सा.अ. २०७५।०४।१७ रु. १५,०००।–
2 अर्जुन मल्ल जि.कै.धउ.म.न.पा. २ जि.प्र.का.कैलाली २०७५।४।१६ के सा.अ. २०७५।०४।१७ रु. १५,०००।–
3 भिम ब. पुन मगर जि.कै.चुरे गाउपालीका ४ जि.प्र.का.कैलाली २०७५।०६।१७ ज ज क २०७५।०६।१७ पुर्पक्षका लागी कारागार
4 कृष्ण थापा जि.कै.धउ.म.न.पा. १२ जि.प्र.का.कैलाली २०७५।६।२१ मानब बेचबिखन २०७५।६।२२ १,००,०००।–
5 डम्मर सिंह ठगुन्ना जि.कै.ध म न पा ८ जि.प्र.का.कैलाली २०७५।७।७ चोरी २०७५।७।७ ५०,०००।–
6 कमल तिमिल्सेना जि.कै.ल.चु.न.पा. ३ ई.प्र.का.लम्की २०७५।०८।१३ बहु बिबाह २०७५।५।१४ १०,०००।–
7 हिमाल बुढा जि.कै.घौ.न.पा. ८ सुखड २०७५।४।२४ बहु बिबाह २०७५।७।१६ १ बर्ष ६ महिना रु. १०,०००।–
8 सुरज कोली जि.कै.धउ.म.न.पा. ६ सुखड २०७५।७।२० जिउ मास्ने बेच्ने २०५४।५।२२ २०७३।६।२० कारागार कैलालीबाट भागेको
9 सियाराम चौधरी जि.कै.ध.उम.न.पा. ९ जि.प्र.का.कैलाली २०७५।९।२६ चोरी २०५२।३।२० २७ दिन कैद रु. ८,४७५।– जरिवना
10 बिरु कामी जि.कैलाली कैलारी गा.पा.७ जि.प्र.का.कैलाली २०७५।०९।२५ ज.ज.क. २०७५।०९।२५ २ बर्ष ५ महिना १९ दिन कैद
11 सरस्वती चन्द जि.कै.ध.उ.म.न.पा.५ जि.प्र.का.कैलाली २०७५।११।०६ बैङकिग कसुर २०७५।११।५ बैकिङ कसुरमा महानगरिय परिसरबाट फरार
12 सिला स्वार जि.कै.ध.उ.म.न.पा.४ जि.प्र.का.कैलाली २०७५।११।०६ लेनदेन २०७५।११।५ ५०,००,०००।–

भन्सार राजस्व संकलन तर्फ:-

सि न विवरण आ ब ०७४।०७५ आ ब ०७५।०७६
जम्मा ४,२१,१२,३३,००० २,८०,४५,९५,०००

४ आवश्यक कारबाहीको लागी भन्सार पठाईएको विवरण:-

सि न विवरण आ.ब.
०७४।०७५ ०७५।०७६
सरसमान/ सवारी साधन ७,६१,०६०+ मो सा १४, जिप २, अटो १,  (१९,३५,०००।-) ‍ गरी जम्मा – २६,९६,०६०।– २४,२२,१३०।-+ टयाक्टर ४, ट्राली३, अटो१,मो सा १२३, जिप ३ ( १,२५,५६,५००।-) गरी जम्मा – १,४९,७८,६३०।–
चोरीका मो सा यस का.मा अनुसन्धानमा रहेको संख्या- ३२ वटा

ट्राफिक राजश्व संकलन तर्फ:-

बिवरण आ.व.२०७४/०७५ को राजश्व रकम आ.व.२०७५/०७६ को राजश्व रकम
कारवाही राजश्व कारवाही राजश्व
श्रावण २३,६३८ १,३८,७१,००० १५,१३९ ९०,२९,५००

६ लागु औषध कारबाही:-

सि न विवरण ०७४।०७५ ०७५।०७६
मुद्दा दर्ता संख्या ७१ ५२
बरामद परिमाण ८७ किलो ६४५ ग्राम चरेश, नाईट्रोभेट, स्पास्मोप्रोक्सोभिन टयाब्लेट १,३१४ टयाब्लेट, ब्राउन सुगर २३९ ग्राम ब्राउन सुगर १ किलो ९७७ ग्राम चरेश, ९६ ग्राम ६९ मिलिग्राम ब्राउन सुगर, ११ ग्राम ६ मिलिग्राम सेतो सुगर, नाईट्रोभेट, स्पास्मोप्रोक्सोभिन समेत ३७,५४४ टयाब्लेट
पक्राउ संख्या १०८ ७५

७ अपराध तथ्याङक:-

 

सि.नं. मुद्दा शिर्षक ०७४।०७५ ०७५।०७६
1 कर्तव्य ज्यान १२ १३
2 ज्यान मार्ने  उधोग ११ १६
3 भवितव्य ज्यान ८६ ४५
4 गौबध
5 फुटकर ज्यान २४ २०
6 विष खाएर ७३ ३१
7 आगो लगाएर
8 झुण्डीएर १२८ ७३
9 आत्म हत्या गर्न दुरुत्साहन
10 नकबजनि चोरी
11 जबरजस्ती चोरी
12 साधारण चोरी १८ ४३
13 सवारी चोरी १४
14 जुवा
15 ठगी
16 खोटा चलान
17 लागु औषध ७१ ५२
18 कृते जालसाची
19 के.सा.अ. २९४ १६०
20 जातिय छुवाछुत

 

21 ज.ज.क.उद्योग २५ २१
22 बालविवाह
23 मानब बेचबिखन
24 ज.ज.क. ४१ ३३
25 बहुविवाह १७ ११
26 बोक्सीको आरोप
27 सवारीज्यान ६४ २७
28 गर्भपतन
29 बाल यौन दुरुपयोग
30 आगो लगाउने
31 बिष्फोटक पदार्थ
32 हा.ह.ख.ख.
33 ब्यक्ति अपहरण
34 स.दु.बाट अंगभंग
35 कुटपिट बाट अंगभंग
36 बैंकिङ कसुर ४०
37 ज्यान बेपता
38 ज्यान सम्बन्धि
39 कर्तब्य गरी आत्महत्या
40 चन्दा ऐन
जम्मा ९७५ ६०२


 

८ आ.ब. ०७५।०७६ मा मुद्दा  दर्ता, फरार ,पक्राउ , धरौटीमा छुटेको ,कारागार गएको प्रतिवादीहरुको विवरण

सि.नं. मुद्दा शिर्षक मुद्दा दर्ता प्रतिवादी
पक्राउ संख्या
फरार संख्या कारागार
गएको संख्या
धरौटीमा छुटेको अनुसन्धानमा
रहेको संख्या
कर्तव्य ज्यान १३ २१ १७
ज्यान मार्ने  उधोग १६ २६ २५ १९
आत्म हत्या गर्न दुरुत्साहन
नकबजनि चोरी
साधारण चोरी ४३ ६३ १० ४७
सवारी चोरी
जबरजस्ती चोरी
जुवा ७४ ७४
ठगी
१० लागु औषध ५२ ७५ १७ २८ ३०
११ कृते जालसाची
१२ सार्वजनिक हित समेतको कसुर १६० ३०१ १० २७६ २५
१३ जातिय छुवाछुत
१४ ज.ज.क.उद्योग २१ २३ ११ १२
१५ मानब बेचबिखन
१६ ज.ज.क. ३३ ४१ २६ १०
१७ बहुविवाह १० १४
१८ बाल बिबाह
१९ बोक्सीको आरोप
२० गर्भपतन
२१ बाल यौन दुरुपयोग
२२ सवारी ज्यान २७ २३ १४
२३ बिष्फोटक पदार्थ
२४ हा.ह.ख.ख.
२५ ब्यक्ति अपहरण  १
२६ कुटपिट बाट अंगभंग
२७ स.दु.बाट अंगभंग
२८ ज्यान सम्बन्धि
२९ ज्यान बेपता
३० बैंकिङ कसुर
३१ चन्दा ऐन
३२ भवितव्य ज्यान ४५
३३ फुटकर ज्यान २०
३४ विष खाएर ३१
३५ झुण्डीएर ७३
३६ कर्तब्य गरी आत्महत्या
जम्मा ६०२ ७२७ ७८ १२२ ५३६ ७२

९ सवारी दुर्घटना सम्बन्धमा –

सि.नं. आ ब   श्रावण भाद्र असोज कार्तिक मंसिर पौष माघ फाल्गुन चैत्र बैशाख जेष्ठ अषाढ जम्मा
०७४।०७५ ११ ६४
०७५।०७६         २७

१० आ.ब. ०७५।०७६ मा सार्वजनिक हित बिरुदको कसुरमा मुद्दा दर्ता विवरण

विवरण मुद्दा दर्ता प्रतिवादी पक्राउ संख्या पिडितको जाहेरी प्रहरी प्रतिवेदन
मादक पदार्थ सेवन गरी मो.सा. चलाई दुर्घटना गराउने ९१ ६९
मादक पदार्थ सेवन गरी अटो चलाउने ११ ११
मादक पदार्थ सेवन गरी बस/ट्रक/टयाक्टर चलाउने १७ १७
मादक पदार्थ सेवन गरी महिला माथी अभद्र व्यवहार कारबाही १९ २१
गुण्डा गर्दी गरी पक्राउ परेका ३२ ५६
हो–हल्ला अशान्ती मच्चाउने ६१ १४६
भारतबाट अवैध कुखुरा ओसार पसार
होटलमा वेश्यावृती कारबाही ३५

११आ ब ०७५।०७६ मा अवैध मधिरा नष्ट तथा कारबाही विवरण

सि न विवरण बरामद परिमाण
मदिरा नष्ट ४७० लिटर
मदिरा , मानिस आन्तरिक राजस्व कार्यालय पठाईएको र राजस्व संकलन रकम ३१५ लिटर  ६ जना मानिस रु. ४५,०००।–
मा प से सेवन कारबाही र राजस्व संकलन रकम २४८ जना रु. २,७५,०००।–
मा प से गरी ट्राफिक कक्षा लिएको संख्या १०५ जना

१२ आ ब ०७५।०७६ मा काठ बरामद र वन्यजन्तु सम्बन्धी विवरण

सि न विवरण ०७५।०७६
विभिन्न जातको काठ २९० क्यु फिट(१ टयाक्टर, १ अटो,  २ डल्लब, २ जोडा गोरु, १२ जना मानिस , २ वटा काठ मिल बन्द
वन्यजन्तु गैडाको खाग  १

१३ आ ब ०७५।०७६ मा कैलाली जिल्लामा सामुदाय प्रहरी साझेदारी कार्यक्रमहरु

सि.नं.

 

स्थानिय निकाय वडा संख्या प्रहरी कार्यालय प्रप्त वडा समिती टोल समिती टोल संख्या बिद्यालय समिति विद्यालय संख्या
ध.उ.म.न.पा. १९ जि.प्र.का.कैलाली १९ ४५ १३१ ३५ १२२
गोदावरी न.पा. १२ ई.प्र.का.मालाखेती  १२ १०५ ११ ८९
गौरिगंगा न.पा. ११ ई.प्र.का.चौमाला (मसुरीया) ११ १७ ८३ २५ ४४
घोडाघोडी न.पा. १२ ई.प्र.का.सुख्खड १२ १०८ १६ ५२
टिकापुर न.पा. ई.प्र.का.टिकापुर ९३ ७८
लम्किचुहा न.पा. १० ई.प्र.का.लम्की, चिसापानी १० ५५ ८८
भजनी न.पा. ई.प्र.का.भजनी ५४ ३८
जानकी गा.पा. ई.प्र.का.टिकापुर ४९ ४५
बर्दगोरीया गा.पा. ई.प्र.का.सडकपुर ३४ १८
१० मोहन्यल गा.पा. ई.प्र.का.पण्डौन,सुगरखाल १४ ३४ १० २७
११ कैलारीगा.पा. ई.प्र.का.हसुलिया १०९ ५०
१२ जोशीपुर गा.पा. ई.प्र.का.जोशीपुर ३५ १६
१३ चुरे गा.पा. ई.प्र.का.फल्टुडे ६० ३८
जम्मा १२६ १२६ ९४ ९५० १२७ ७०४
जनचेतना मुलक कार्यक्रम प्रशारणका लागी ५ स्थानमा  LED TV जडान गरिएको ।

१४आ ब ०७५।०७६ मा प्रहरी कर्मचारीलाई बिभागिय कारवाही तथा पुरुस्कृत विवरण

सि.नं बिबरण ०७५।०७६
प्र ना उ प्र.नि. प्र.ना.नि. प्र.स.नि प्र.. प्र. प्रकास
सचेत गराईएको          
नसिहद        
तल्लो टाईम स्केल      
पदोनन्ती रोक्का              
नोकरी बाट हटाईएको            
तलब बृद्धी रोक्का            
निलम्बन            
जम्मा   २३  
पुरस्कृत   १०

१५ सेवा ग्राहीको विवरण

०७४।०७५ ०७५।०७६
महिला पुरुष महिला पुरुष
१२,३२७ २८४९५ १४०१८ २४,०७४
जम्मा ४०,८२२ ३८०९२

१६ प्रहरी परिचालन तर्फ

  • टाईगर टोली तथा सिभिल टोली मातहत समेतमा गठन गरि तत्काल घटनास्थल पुग्ने गरी परिचालित ।
  • हाईवईमा रहेका सम्पुर्ण प्रहरी ईकाईबाट दिनमा २ पटक चेकिङ ।
  • शहरी क्षेत्रमा चेक पईन्ट राखी दिनमा ३ पटक चेकिङ गर्ने
  • तस्करी नियन्त्रणका लागी सिमा भन्सार गस्ती ११ स्थानबाट प्रहरी टोली परिचालन ।

 

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार