५ जेष्ठ २०८१, शनिबार

प्रतिपक्षीद्वारा प्रधानमन्त्री अाेलीलार्इ ज्ञापन



धनगढी । नेपाली काँग्रेस संसदीय दलको कार्यालय सुदूरपश्चिम र राष्ट्रिय जनता पार्टीले विभिन्न राजनीतिक, आर्थिक तथा पूर्वाधारको विकास सहितको बु“दा समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाली का“ग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले प्रधानमन्त्री ओलीलाई अनिवार्य रुपमा तत्काल सम्बोधन गर्नुपर्ने बु“दा सहितको ज्ञापनपत्र बुझाएका हुन् ।
का“ग्रेसले बुझाएको सामाजिक मुद्धामा निर्मला पन्त हत्याका अपराधी अविलम्ब पत्ता लगाई कानुनी दायरामा ल्यायर कारबाही गर्नुपर्ने, अव्यवस्थीत वसोबासलाई व्यवस्थीत बनाउन आयोग गठन गर्नुपर्ने, प्रदेशको सबै जिल्लामा जिल्ला अस्पतालको स्थापना गरि गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने उल्लेख छ भने । राजनैतिक मुद्धामा राजधानीको स्थान उपयूक्त नभएकाले स्थगन गर्नुपर्ने र कर्णालीदेखि कालीसम्मको चुरे भावर क्षेत्र संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने, सीमा क्षेत्रको पिलर र सीमा क्षेत्रको पिलर र सीमा सुरक्षामा गम्भीरतापूर्वक पहल गर्नुपर्ने, विपक्षी दलप्रति प्रादेशिक र संघीय सरकारको उपेक्षित व्यवहार परिवर्तन गरि संसदीय परम्पराको मर्यादा कायम गरिनुपर्ने, सुदूरपश्चिम विश्वविद्यालयमा सरकारी हष्तक्ष बन्द गर्नुपर्ने र सञ्चारकर्मीहरुको उचित सम्मान र सूचनाको हक र सुरक्षाको प्रत्याभुति याथाशाक्य छिटो हुनुपर्ने रहेको छ ।
यस्तै पुर्वाधार विकासमा धनगढी विमानस्थललाई अन्तराष्ट्रियको रुपमा निर्माण गर्नुपर्ने, पश्चिम सेती जलविद्युत परियोजनालाई अविलम्ब कार्यान्वयनमा ल्याउनुपर्ने, खक्रौला उरैलेक खण्डको सेती लोकमार्ग यथाशाक्य छिटो निर्माण गर्नुपर्ने, खुटिया दिपायल फास्ट ट्रयाक सडकलाई राष्ट्रिय गौरवको सूचिमा राखी यथाशिघ्र निर्माण गर्नुपर्ने, गौरिफण्टा नाकाको स्तरोन्नती गर्नुपर्ने लगायतका १२ बु“दे माग रहेको छ ।
यस्तै राष्ट्रिय जनता पार्टीले टीकापुर घटनामा पक्राउ गरिएका प्रतिनिधी सभा सदस्य रेशम चौधरी सहित २६ जनालाई यथाशिघ्र रिहाई गर्नुपर्ने, प्रदेशको जनजाती रानाथारुहरुलाई आदिवासीमा सूचिकृत गर्नुपर्ने, शुक्लाफा“टा आरक्ष पीडितको अविलम्ब उचित वसोबासको व्यवस्था गर्नुपर्ने, छुट भएका मुक्तकमैयाको परिचय पत्र र जग्गाको व्यवस्था गर्नुपर्ने लगायतका माग रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार