३ जेष्ठ २०८१, बिहीबार

पन्त हत्यामा सरकार गम्भिर छ



धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकार गम्भिर रहेको बताएका छन् ।

‘बालिकालाई बलात्कारपछि हत्या हुनु र अपराधी पत्ता लाग्न नसक्नु लज्जास्पद हो’ प्रधानमन्त्री ओलीले भने ‘यो घटनामा संलग्न अपराधीलाई सरकारले गम्भिर रुपले लिएको छ । सुरक्षा निकायहरुले गम्भिर रुपमा यसको अनुसन्धान गरिरहेको छ । हामीले दोषी पत्ता लगाएरै छोड्छौं ।’ उनले अनुमानका आधारमा कसैलाई दोषी नभन्न पनि आग्रह गरे ।
प्रधानमन्त्री ओलीले घुमाउरो शब्दमा भने ‘कुनै कुनै घटनामा यसरी प्रमाण नष्ट गरिएका हुन्छन की अपराधीलाई पत्ता लगाउन सकिदैन तर, त्यसमा प्रमाण नष्ट भयो भन्दैमा दोषी पत्ता नलाग्ने भन्ने हु“दैन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालका कारण युवाहरु गलत क्रियाकलापमा लागिरहेको बताएका छन् ।
‘हामीले लोकतन्त्रको कुरा त गर्यौ र त्यो ल्यायौ पनि त्यसले ल्याएका विकृतिलाई ध्यान दिएनौं’ प्रधानमन्त्री ओलीले भने ‘अहिले सामाजिक सञ्जाल, स्वतन्त्रता लगायतका कारण युवाहरु कुलत बाटोमा लागिरहेका छन् ।’ उनले सरकारले स्वतन्त्रतालाई कुण्ठित नगर्ने तर, त्यसैका आधारमा कसैलाई कुनै पनि गलत काम गर्ने छुट नदिने बताए ।
प्रधानमन्त्री ओलीले युवाहरुको गलत क्रियाकलापलेनै देशमा बलात्कार, हत्या हिंसा बढीरहेको बताए । उनले भ्रष्टाचारीलाई कारबाही गरेरै छोड्ने दोहोर्याएका छन् ।

गाना सरकारले बन्द गर भनेको छैन्

गायक पशुपति शर्माले युटुयुवमा राखेको ‘लुटन सके लुट’ बोलको गाना सरकारले हटाउन नलगाएको स्पष्टिकरण दिएका छन् ।
‘एउटाले गित गाउनु भयो ‘लुट्न सके लुट’ भनेर युटुयुवमा राखेपछि जनताले रुचाएनन् । जनताले विरोध गरेपछि स्वयम उनैले हटाए’ उनले भने ‘तर, प्रतिपक्षी दलका नेतानै त्यो गित गाउ“नेलाई पुरस्कार दिने घोषणा गर्छु भन्दा हामी कस्तो समाज खोजीरहेका छौं भन्ने चिन्ता लाग्यो ।’ उनले नचाहिने कुरालाई प्रोत्साहित नगर्न आग्रह गरे । ‘सरकारले त्यो गानाबारे केही बोलेको छैन्’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार