३ जेष्ठ २०८१, बिहीबार

राससको वार्षिकोत्सवमा पुरस्कार तथा सम्मान



धनगढी । राष्ट्रिय समाचार समिति (रासस) को ५८ औं वार्षिकोत्सवको अवसरमा चार जनालाई पुरस्कृत तथा सम्मानित गरेको छ ।

पहिलो पटक प्रदेशस्तरमा वार्षिकोत्सवमा मनाएको राससले उत्कृष्ट समाचारदाता, उत्कृष्ट आलेख लेखक पुरस्कृत र दुई वटा सहयोगी संस्थालाई सम्मानित गरेको हो । वार्षिकोत्सवको अवसरमा रासस सुदूरपश्चिम प्रदेश कार्यलयले मंगलबार धनगढीमा आयोजना गरेको मुलुकको संघीय संरचनामा राससको भूमिका विषयक कार्यक्रममा प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले पुस्कृत तथा सम्मानित गरेका थिए ।
राससले उत्कृष्ट सम्वाददाता बाजुराका गंगाराम पण्डित, उत्कृष्ट आलेख लेखक दार्चुलाका नरेन्द्र कार्कीलाई नगद पाँच हजार रुपैयाँ सहित पुस्कार प्रदान गरेको छ भने महेन्द्रनगरको कुमार श्रेष्ठ निर्माण सेवा र नेपाली सेनाको सीमा सागर गुल्मलाई संस्थाको सम्पत्ति सुरक्षा गर्न सहयोग गरे वाफत् सम्मान गरेको छ ।

सो अवसरमा सभामुख थापाले पत्रकारले नराकात्मक विषयलाई मात्रै उठान गरेमा समाज द्वन्द्वतिर जान सक्ने भन्दै सकारात्मक विषय पनि गठान गरिदिन आग्रह गरे । उनले पत्रकारले उठान गरेको विषयलाई नागरिकले सहि हो भनेर बुझ्ने भएकाले पत्रकारले सत्यतथ्य बुझेर मात्रै समाचार सामाग्री सम्प्रेशण गर्नुपर्ने बताए । उनले कानुन निर्माण नभइसको बेला जनप्रतिनिधिहरु पनि अन्यौलमा रहेको बताए । उनले सञ्चार ऐन बनाउनका लागि प्रदेश सभाले काम गरिरहेको पनि बताए ।
कार्यक्रममा सहभागी धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले पत्रकारहरुले जनप्रतिनिधि भन्दा कर्मचारीहरुले नित्याउने समस्याको समाचार लेख्न जरुरी रहेको बताए । उनले कर्मचारीले चाहेको विषयतको फाइल आधा घण्टामा तयार हुने गरेको र जनप्रतिनिधिहरुले चाहेको फाइल तीन महिनामा पनि कर्मचारीहरुले तयार नगर्ने गरेको बताए । उनले देशको प्रधानमन्त्री, मुख्यमन्त्री र पालिका प्रमुखहरुले चाहे जस्तो काम गर्न कर्मचारी यन्त्रको कारणले सम्भवन नभइरहेको समाचार प्रकाशन गरिदिन आग्रह गरे ।

राससका सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख सिद्धराज भट्टले राससले छिट्टै प्रदेश कार्यालयबाट समाचार सेवा दिने जानकारी दिए । उनले बदिलिएको संरचनासंगै राससले पनि पुनर्संरचना गरिरहेको जानकारी दिए । राससका कञ्चनपुर कार्यालय प्रमुख शेरबहादुर सिंहले स्वागत गरेको कार्यक्रम सञ्चालन राससका समाचारदाता एकीन्द्रप्रसाद तिमिल्सिनाले गरेका थिए । नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष अर्जुन शाह लगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा धनगढीमा कार्यरत पत्रकारहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार