३ जेष्ठ २०८१, बिहीबार

मालपाेतमा अनलाइन सेवा



धनगढी  । मालपोत कार्यालय कैलालीले आइतबारबाट अनलाईन सेवा विस्तार गरेको छ । अनलाइनमार्फत घरजग्गा किनबेच कारोबारलाई प्रभावकारी गराउन यो सेवा सुरु गरिएको कार्यायले जनाएको छ ।

अनलाईन सेवा सुरु भए संगै राजश्व संकलनमा उल्लेख्य वृद्धि हुने भुमि व्यवस्थापन तथा अभिलेख विभागका सुचना प्रविधि विकाश निर्देशक रामदक्त भट्टको दाबी छ ।
सेवा सुरु भएसँगै विगतमा रजिस्ट्रेसनबापत हुने करोडौको राजस्व छली रोकिने अपेक्षा गरेको छ । घरजग्गा कारोवार अनलाईनमा गएपछि एउटै कित्ता दुई व्यक्तिको नाममा गर्ने प्रवृति, नक्कली पुर्जा बनाएर सर्वसाधारण जनताको सम्पति हडप्ने कार्य पूर्ण रुपमा रोकिने सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था तथा कृर्षी मन्त्री बिनिता चौधरीले बताइन् ।
अनलाईन सेवालाई गुणस्तरिय बनाउन दक्ष जनशक्ति परिचालन गरिनु पर्ने उनको भनाई छ ।
यसअघि एउटाको नाममा पास हुनुपर्ने जग्गा अर्कैको नाममा आउने समस्याको समाधान हुने जनाइएको छ । यहाका नागरिकहरुले अब मालपोतबाट हुँदै आएको झन्झटिलो र कीर्ते कार्यस“गै जग्गा असुरक्षित हुने समस्याबाट छुटकारा पाउने धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले विश्वास व्यक्त गरे ।
मालपोत कार्यालय कैलालीमा दरवन्दी अनुसारका कर्मचारी नभएकै अवस्थामा अनलाईन सेवा सुरु भएकोमा सेवा प्रवाहमा समस्या हुन्छ की भन्ने चिन्ता मालपोत कार्यालय कैलालीका प्रमुख ठाकुर प्रसाद सिग्देलले व्यक्त गरे । मालपोत र भुमि सुधार दुवै निकायको काम गाभिएकाले काम गर्न केही समस्या रहेकोमा केही कर्मचारी पदपुर्ति भए सेवा प्रक्रिया गुणस्तरिय बन्ने उनले बताए ।
भूमिसुधार मन्त्रालयले एकपछि अर्को गर्दै मालपोत कार्यालयलाई अनलाईन प्रणालीमा लैजान सुरु गरेको हो । देशभर रहेका १३१ मालपोत कार्यालयमध्ये हालसम्म ५३ मालपोत कार्यालयले अनलाईन सेवा सञ्चालन गरिसकेका छन । यसै आर्थिक बर्ष भित्र एक सय आठ मालपोत कार्यालयमा सेवा सुभारम्भ गर्ने लक्ष्य मन्त्रालयको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार